फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युङ्गबुलाकाङ्ग

(GMT+08:00) 2018-06-12 09:36:35

इसापूर्व दोस्रो शताब्दीमा युङ्गबुलाखाङ्ग प्राचीन तिब्बतको पहिलो राजा न्याट्रिचेन्पोबाट निर्माण भएको थियो। किम्बदन्ती अनुसार, न्याट्री चेन्पो भगवानको छोरा हुन्। एक दिन उनी आकाशे सिढीद्वारा शान नान क्षेत्रमा पुगेका थिए। तत्काल तत्स्थानमा पशुपालन गरेका बाह्र जना केटाले उनको बोली र व्यवहार धेरै फरक लागेकाले बसोबास क्षेत्र फर्केर सबभन्दा बूढो मान्छेलाई रिपोर्ट गरेका थिए। पछि बूढो मान्छेले सबभन्दा चलाख बाह्र जना चेला खटाएर उनीसँग कुराकानी गरे। उनले आकाश देखाए। केटाहरुले उनी आकाशबाट आएको बुझे अनि निकै खुशी लाग्यो। बाह्रजना केटाका प्रमुखले आफ्नो काँधमा राखेर फर्के र उनलाई आफ्नो जनजातिको पहिलो शिर्शस्त प्रमुखको रुपमा राखे। तिब्बती भाषामा न्याको अर्थ काँध हो र ट्रिको अर्थ सिंहासन हो अनि चेन्पोको अर्थ बहादुर राजा हो। त्यसपछि सबै तिब्बती राजालाई चेन्पो भनिन्छ र यो दरबार नै तिब्बती प्राचीन कालका विभिन्न राजाको दरबार पनि बनेको थियो। अहिले दरबारको दोस्रो तलाको भित्ते चित्रमा पनि उक्त पौराणिक कथा कुँदिएको छ।

सुङ्गचेन गाम्पोले तिब्बती पठारभूमिलाई एकीकृत पारेपछि सदरमुकामलाई ल्हासामा सारेका थिए। त्यसपछि युङ्गबुलाखाङ्ग नै सुङ्गचेनगाम्पो र राजकुमारी वनछङको ग्रीष्म दरबार बनेको थियो। बताइएअनुसार, राजकुमारी वनछङ तिब्बतमा पुगेको पहिलो ग्रीष्म ऋतु युङ्गबुलाखाङ्गमा बितेको थियो। त्यसपछि पाँच जना दलाइ लामाको कालसम्म विस्तृत पुनःनिर्माण भएपछि पहिलाको दरबार क्रमशः अहिलेको बौद्ध धर्मको गुम्बा बनेको छ।

1  2  3  
जानकारी तथा लेखहरु