फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युङ्गबुलाकाङ्ग

(GMT+08:00) 2018-06-12 09:36:35

दुई हजार वर्षभन्दा लामो समयको पुनःनिर्माण भएपछि आजको युङ्गबुलाकाङ्ग दरबारको बाहिरी पर्खाल अझै रंगिन छ। तर मूल निर्माण वस्तु अहिले थोरै बाँकी छ। गुम्बाको दोस्रो तला बुद्ध दरबार हो। यो सुङ्गचेन गाम्पो शासन कालमा निर्माण भएको थियो। गुम्बाको तेस्रो तला पाँचौँ दलाइ लामाले पुनःनिर्माण गरेका थिए। पहिलो तलाको प्रमुख दरबारमा त्रिकाली बुद्ध, सुङ्गचेन गाम्पो, राजकुमारी वनछङ आदि मूर्ति राखिएको छ भने दोस्रो तलमा माइट्रेया बुद्ध, पद्मसंभव बुद्ध, तिब्बती बौद्ध धर्मको गेलुक सम्प्रदायका संस्थापक चुङ्गखापा आदि मूर्ति राखिएको छ। गुम्बामा भिक्षुका कोठाहरु बाहेक दलाइ लामाको विशेष सुत्ने कोठा पनि छ। युङ्गबुलाखाङ्ग तिब्बतीहरुको मनमा पवित्र दरबारको रुपमा रहिरहेको छ साथै पाङ्ग्रा घुमाउँदा पुग्नुपर्ने ठाउँ पनि हो। त्यहाँ धेरै महागुरुले अभ्यास गरेका छन् साथै थुप्रै मूल्यवान् तिब्बती बौद्ध धर्मग्रन्थ र पुरातात्विक वस्तुहरु पनि गोप्य रुपमा राखिएका छन्।

युङ्गबुलाखाङ्गभन्दा उत्तर-पूर्वी चार सय मिटरको तङ्गघाटीमा एउटा पानीको मूल छ। त्यो मूलबाट सधैँ पानी आइरहन्छ। किम्बदन्तीका अनुसार, यो पानीले सबै रोगको निदान गर्न सक्छ। त्यसैले सबैले युङ्गबुलाखाङ्गमा पाङ्ग्रा घुमाउँदा यो पानी पाउने विश्वास छ।


1  2  3  
जानकारी तथा लेखहरु