फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # पैचिङ शैक्षिक प्रतिनिधि मण्डलद्बारा पेरुको भ्रमण

(GMT+08:00) 2018-06-19 15:47:54

यस समारोहको एक संयोजक अर्थात् पैचिङ शहरको शैक्षिक प्रतिनिधि मण्डलका प्रमुख रन च्युनले सम्वाददातालाई अन्तर्वार्ता दिंदै भन्नुभयो:

बितेका दुइ/तीन वर्षयता चीन तीव्र गतिले विकसित हुँदै आएको विशेषत: आर्थिक विकासबाट सांस्कृतिक र शैक्षिक विकासलाई पनि अघि बढाइंदै आएको देखिन्छ। पैचिङ एउटा अन्तर्राष्ट्रिय खुलस्त शहर हो। त्यहाँ राजनीतिक केन्द्र, अन्तर्राष्ट्रिय आवत-जावत केन्द्र, वैज्ञानिक-प्राविधिक सिर्जनशील केन्द्र र सांस्कृतिक केन्द्र पनि हो। ती चारवटा केन्द्रको विकासका लागि शिक्षाको सशक्त समर्थन शक्ति रहेको छ। एउटा खुलस्त अन्तर्राष्ट्रिय शहरको हैसियतले चीन आएर चीनको संस्कृति र इतिहासबारे जानकारी लिनुका साथै हाम्रा चिनियाँ विद्यार्थीहरूसँग आदान-प्रदान गर्न विश्वका विभिन्न मुलुकका विद्यार्थीहरूको हामी निकै स्वागत गर्दछौं।

लिमा शहरका उप मेयर कार्लोस कानालेसका अनुसार, पैचिङ शहरको विश्वविद्यालय प्रतिनिधि मण्डलको भ्रमण निकै महत्वपूर्ण रहेको छ। उहाँ यसरी भन्नुहुन्छ:

हाम्रो लिमाका लागि पैचिङ शहरको शैक्षिक प्रतिनिधि मण्डलको भ्रमण एकदमै महत्वपूर्ण रहेको छ। दुवै देशका विश्वविद्यालय बीचको आवत-जावत र सहकार्यमा हामीले निकै महत्व दिएका छौं। जस्तै: हाम्रो लिमाको सान इग्नासिओ लोयोला विश्वविद्यालयले चीनका सातवटा विश्वविद्यालयसित सहकार्य सम्झौतामा हस्ताक्षर गरिसकेको छ।

1  2  3  
जानकारी तथा लेखहरु