फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चीनको अल्पसंख्या जाति#ग्राशी गुम्बा

(GMT+08:00) 2018-08-07 13:45:44

किम्बदन्तीका अनुसार, सेरा गुम्बाका एकजना वरिष्ठ भिक्षुले उथाइ पहाडमा तीर्थयात्रा गर्न गएका थिए। त्यतिखेर पैचिङको राजदरबारमा एक सुन्दर रखौटीलाई राजनीतिक संघर्षमा विष खुवाएर मारिएको थियो। तर उनको आत्मा राजदरबारमा रहेर बदला दिन खोजिरहेका थियो। पूरै राजदरबारमा भयको वातावरण थियो। ती तिब्बती वरिष्ठ भिक्षु उथाइ पहाड आइपुगेको खबर थाहा पाएपछि राजाले उनलाई निमन्त्रणा गर्न दूतलाई खटाए। भिक्षुले राजदरबार पुग्दा मृत रखौटीको आत्मा दरबारमाथि उडिरहेको देखे। उनीसँग कुराकानी गरेर पहिलाको सबै कुरा थाहा भएपछि भिक्षुले सबै खबर राजालाई भनिदिए। राजाले अपराधीलाई गम्भीर सजाय गरे साथै मृतकको आत्माले पनि मुक्ति पायो। तर तिब्बत फर्किँदा सो रखौटीको आत्मा भिक्षुको साथ लागिरह्यो र भिक्षुलाई बौद्ध धर्म मान्ने आफ्नो इच्छा देखायो। बाटोमा जतिसुकै कठिनाइ भए पनि आत्माले छोड्दै छोडेन। अन्तमा भिक्षुको मन पनि छोयो र उनलाई ल्हासातर्फ लिएर जान सहमत भए। सेरा गुम्बा नपुग्दै भिक्षुले उनलाई सो गुम्बाभित्र प्रवेश गर्न नहुने तर जाकी गुम्बामा मात्रै बस्न पाउने र तत्स्थान एक बसोबास क्षेत्र निमार्ण गरिदिएर बताउँदै स्थानीयहरुले खुवाइदिने बताइदिए। आत्माले भिक्षको सर्त स्वीकार गरिन् र खुशी पनि भइन्। भिक्षु सेरा गुम्बा फर्केपछि आफ्नो महागुरुलाई सो कुरो बताए। महागुरुले सो रखौटीको आत्मालाई एउटा गुम्बाको निर्माण गर्न लगाए र उनको मूर्ति पनि बनाइदिए। त्यसपछि गुम्बा लोकप्रिय भइरहेको छ। हरेक बुधबार धनलक्ष्मी अथवा ग्राशीरामलाई पूजा-आजा गर्ने शुभदिन हो त्यसैले सो दिन गुम्बामा निकै भीडभाड हुन्छ। चाड-पर्व हुँदा ग्राशी गुम्बामा पनि धेरै तीर्थयात्रुलाई आकर्षित हुन्छन्। यहाँको धनलक्ष्मी निकै प्रभावी भएको भनाइ पनि छ।

1  2  3  
जानकारी तथा लेखहरु