फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चीनको अल्पसंख्या जाति#ग्राशी गुम्बा

(GMT+08:00) 2018-08-07 13:45:44

अर्को किन्मबदन्ती अनुसार, ग्राशी गुम्बामा राखिएको धनलक्ष्मी तिब्बती बौद्ध धर्मको गेलुग सम्प्रदायको बुद्ध संरक्षक लक्ष्मीको एक अवतार हो। साँच्चै देवता जस्तो नभइ सो धनलक्ष्मी ग्राशीराम देवांश मात्रै हो र उनले मानव जातिमा अरु धेरै अभ्यास गरेर मात्रै साँच्चै देवता बन्न सक्छन्। यही कारणले नै ग्राशीरामले अरु देवताभन्दा सर्वसाधारणको माग र दुःखबारे अझै बुझ्छन् र धन कमाउने मानिसको इच्छालाई पूरा गर्न सक्छन् भन्ने विश्वास छ।

 

ग्राशी गुम्बा त्यति ठूलो छैन। मुख्य भवन तीन तलाको छ। पहिलो तलको केन्द्रमा धनलक्ष्मी ग्राशीरामको मूर्ति राखिएको छ भने उनका दुईपट्टि अरु केही देवताका मूर्ति छन्। साँच्चै धर्मनिष्ठ विश्वासीले ग्राशीरामलाई पूजा-आजा गरेपछि अरु सबै देवतालाई पनि पूजा-आजा गर्छन्। मुख्य दरबारमा केही ठूलो मक्खनबाट बलिरहेका दियो राखिएको छ। धार्मिक विश्वासले त्यहाँ गएका भक्तजनले मक्खन अर्थात् घिउ लगेर त्यसमा राख्छन्। छेउमा अर्को सानो दियो पनि राख्ने प्रचलन छ। यस्तो कार्यबाट देवतामाथि उनीहरुको धर्मनिष्ठता देख्न सकिन्छ।

तिब्बतका अरु गुम्बा जस्तो ग्राशी गुम्बा तिब्बती संस्कृति र कलाको सम्पत्ति पनि हो। विभिन्न उत्कृष्ट रुपमा कुँदिएका मूर्तिबाहेक अरु थुप्रै आकर्षित कलात्मक वस्तु पनि त्यहाँ छन्। जिवित भित्ते चित्र र मूल्यवान् पुरानो सूत्र यी सबैले गहन तिब्बती बौद्ध धर्म देखाएको छ।


1  2  3  
जानकारी तथा लेखहरु