फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# ओखरमा निर्भर समृद्धिको बाटो

(GMT+08:00) 2018-08-10 16:45:20

आन व्है प्रान्तीय ह फै शहरको छाङ फङ जिल्ला छिङ फङ लिङ गाउँमा वार्षिक रुपमा पानीको अभाव छ, एक गरिब गाउँ थियो। त्यहाँ गरिबी निवारण कार्य निकै अप्ठ्यारो काम थियो। हालैका वर्षहरूमा स्थानीय किसानहरूले अमेरिकी ओखर लगायतका कृषि बाली रोपेर विशेष व्यवसायले गरिबी निवारणका लागि बाटो पहिल्याएका छन्।

पत्ररकारहरू छिड्ड फङ लिङ गाउँ पुग्दा अमेरिकी ओखर वनस्पतिद्वारा आकर्षित गरिएको छ। अमेरिकी ओखरको रोपाइ व्यापार एवम् आन व्है श्वन युआन कृषि कम्पनी लिमिटेडका महाप्रबन्धक शन च्युन छङले पत्रकारसँग भन्नुभएअनुसार, स्थानीय क्षेत्रले अमेरिकी ओखरका प्रकार भित्र्याउनुको मुख्य कारण स्थानीय प्राकृतिक मौसम अमेरिकी ओखर रोप्न अनुकूल भएकोले गर्दा नै हो। शन च्युन छङ भन्नुहुन्छ "यो व्यवसाय छान्नुको कारण हाम्रो गाउँमा पानीको अभाव छ। सामान्य कृषि बालीको रोपाइको उत्पादन-मात्रा कम छ तर लागत बढी छ, खास गरी कहिलेकाहीँ प्राकृतिक प्रकोप देखापरेको थियो। बनौटको सामान्जस्यताले गर्दा हामीले यो ओखर छानेका छौं।"

1  2  3  
जानकारी तथा लेखहरु