फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पैचिङ दिवस" श्रृंखलाबद्ध आदान-प्रदान गतिबिधि रुसमा आयोजना

(GMT+08:00) 2018-08-20 16:14:58

प्रशस्त फोटो, प्रचार-प्रसार चलचित्र र वृत्त-चित्र मुख्य विषय रहेको "मनोरञ्जनात्मक पैचिङ" शीर्षकको प्रदर्शनी केही दिनअघि टभेर्स्काया चोकमा पनि शुरु भएको छ। त्यस प्रदर्शनीमा विस्तृत रुपमा राजधानीको दृश्य, प्राचीन राजधानीको पुरानो स्वरुप, वर्तमान युगको नयाँ स्वरुप, मेलमिलापयुक्त राजधानी स्थापना गरिने सकारात्मक दृश्य देखाइएको छ। सो प्रदर्शनीले अधिकांश स्थानीय बासिन्दालाई आकर्षित गरेको छ। युलिया नामका बासिन्दा सांस्कृतिक क्षेत्रमा कार्यरत् हुनुहुन्छ। प्रदर्शनीको खबर थाहा पाउँदा उहाँले तुरुन्तै बसद्वारा प्रदर्शनीको अवलोकन गर्नुभयो। उहाँ यसरी भन्नुहुन्छ:

समस्त प्रदर्शनीको विषय एकदमै प्रशस्त छ। हामीले सो प्रदर्शनीमार्फत चीनको राजधानीको वर्तमान दृश्यबारे थाहा पाएका छौं। हाल रुसमा झन् झन् बढी मानिसहरूले चिनियाँ संस्कृति र अक्षरप्रति चासो राखेका छन्। किनभने उनीहरूको विचारमा हरेक चिनियाँ अक्षरपछाडि इतिहास र रोचक कथा लुकेको छ।


1  2  3  
जानकारी तथा लेखहरु