फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङबाचिङ

(GMT+08:00) 2018-09-18 10:58:00

हाल समुद्री सतहदेखि चार हजार तीन सय मिटर अग्लो ठाउँमा पर्ने याङबाचिङ उपत्यकामा एउटा नयाँ तातो पानी शहर निर्माण भइसकेको छ र तातो पानी विकास नै व्यापक रुपमा भइरहेको छ। लगभग दश वर्षयता याङबाचिङमा सागपात बेस, पशुपालन उत्पादित वस्तु, बोराक्स प्रशोधन उद्योग आदि उद्योग निर्माण भएका छन्। याङबाचिङ जियोथर्मल पावर प्लान्टमा आठ वटा तीन हजार किलोवाट विजुली मशिन जडान भएका छन्। गत वर्ष याङबाचिङ जियोथर्मल पावर प्लान्टले तिब्बतलाई एक अर्ब बीस करोड किलोवाट विजुली प्रदान गरेको थियो भने त्यसको वार्षिक विजुली उत्पादन मात्रा ल्हासा पावर ग्रिड मध्येको 45 प्रतिशत पुगेको थियो। तातो पानीको विकास भएर आर्थिक फाइदा पनि धेरै भएका छ। सो क्षेत्र विकसित हुँदै पहिला जंगल रहेको ठाउँमा अहिले रमाइलो शहर बनेको छ। फराकिलो सडकका दुवैपट्टि पसल, रेस्टुराङ, मनोरञ्जन क्षेत्र आदि थुप्रै देखिन्छन् र विशाल विजुली कारखानामा सेतो वाफ पनि निस्किरहेको देखिन्छ। लामो तर सफा-सुग्घर विजुली पुर्‍याउने लाइनले पनि याङबाचिङलाई सुन्दर रुपमा सिँगारेको छ। हाल तातो पानी प्रबन्ध र अरु आवश्यक प्रबन्ध रहेको याङबाचिङ एउटा विस्तृत शहर र दृश्यावलोकन क्षेत्र बनिसकेको छ।

याङबाचिङ उपत्यकाको पश्चिमतिर याङबाचिङ गुम्बा पर्छ। सो गुम्बा तिब्बती बौद्ध धर्मको खामागेग्यु सम्प्रदायको रातो टोपी शाखाको मुख्य गुम्बा हो। खामागेग्यु सम्प्रदाय नै थापोगेग्युबाट विकास भएका चार सम्प्रदायमध्येको एक हो। त्यसको संस्थापक थापुलाचेको चेला तुसुङछिन्बा हो। खामागेग्युमातहत दुई शाखासम्म विभाजित हुन्छ। एक भनेको कालो टोपी शाखा हो। त्यो शाखाका जिवित बुद्ध गामापोसिले युआन वंशका राजाबाट पाएको उपहार कालो टोपी भएकाले त्यस शाखालाई कालो टोपी शाखा भनिन्छ। अर्को शाखा भनेको रातो टोपी हो। यो शाखा कालो टोपी शाखाबाट विकास भएको हो। त्यसको जिवित बुद्ध चापासङ्गले युआन वंशका राजा परिवारका सदस्यबाट पाएको उपहार रातो टोपी भएकाले त्यसलाई रातो टोपी शाखा भनिन्छ। चापासङ्ग नै कालो टोपी शाखाको तेस्रो जिवित बुद्ध रान्चुनदोर्जिको चेला हुन्। उनले गेग्युबाहेक कादाम, जोनाङ आदि सम्प्रदायबारे पनि अध्ययन गरेका छन्। सन् 1333 मा उनले नाइलाङ गुम्बाको स्थापना गरेका थिए। याङबाचिङ गुम्बा निर्माण हुनुअघि नाइलाङ गुम्बा रातो टोपी शाखाको मुख्य गुम्बा रहेको थियो।

सन् 1409 मा सेतो टोपीका चौथो जिवित बुद्ध छ्येट्रायेसेले याङबाचिङ गुम्बाको निर्माण गरेका थिए। त्यसपछि धेरै पटक विस्तृत रुपमा पुनःनिर्माण भएर हालको ठूलो गुम्बा बनेको छ।

1  2  3  
जानकारी तथा लेखहरु