फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङबाचिङ

(GMT+08:00) 2018-09-18 10:58:00

याङबाचिङमा घुम्ने लक्ष्य दृश्यावलोकन गर्ने मात्रै नभएर स्थानीय विशेषतायुक्त तातो पानीमा स्नान गर्नु पनि हो। याङबाचिङको तातो पानीको मात्रा चीनको पहिलो स्थानमा छ। त्यहाँ थर्मल पावर स्टेसन, जियोथर्मल ग्रिनहाउस, तातो पानीमा नुहाउने स्थान, गहिराइ सोह्र मिटर पुगेको तातो पानीको ताल छन्। सामान्य तातो पानीबाहेक त्यहाँ चीनमा सबभन्दा उच्च तापमानको तातो पानी र निकै दुर्लभ देखिने अनियमित तातो पानी पनि छ। त्यसको कूल क्षेत्रफल सात हजार वर्गमिटर पुगेको छ। त्यहाँ विभिन्न तातो पानी बाथरुम, खुला स्विमिङ्ग पूल, बन्द स्विमिङ्ग पूल धेरै छन्। पर्यटकले आफ्नो इच्छाबमोजिम छान्नेर तातो पानीमा आनन्द लिनसक्छन्। हरेक हिउँदे ऋतुमा याङबाचिङको तातो पानीमा स्नान गर्नु सबभन्दा राम्रो सिजन हो। त्यति खेर बाहिको माइनसको तापक्रम पुगे पनि तातो पानीमा तीस चालीस सेल्सियस डिग्री भइरहन्छ। त्यहाँको तातो पानी निकै स्वच्छ छ। त्यहाँ नुहाउँदा धेरै रोग निदान हुन्छ भन्ने धेरैको विश्वास छ। हाल याङबाचिङ तातो पानी दृश्यावलोकन क्षेत्रमा रेस्टुराङ, मनोरञ्जन, होटेल आदि आवश्यक प्रबन्ध निकै प्रशस्त भएको छ। हिमाली पहाडबाट घेरिएर तातो पानीमा स्नान गरी निकै आनन्द लाग्छ।

TIPS:1) ल्हासा बस स्टेशनमा याङबाचिङ क्षेत्र जाने बस छ तर सिधै तातो पानी स्विमिङ पूल पुग्दैन। याङबाचिङ क्षेत्रबाट पैदल वा लिफ्ट मागेर जान सकिन्छ।

2) विभिन्न स्तरको तातो पानी स्नान गर्न विभिन्न मूल्यको शुल्क तिर्नुपर्छ। तीस युआनदेखि चार सय युआनसम्म शुल्क पर्दछ।

3) पठारमा अक्सिजन अपुग छ त्यसैले तातो पानी स्नान गर्दा बलियो व्यायाम गर्नुहुँदैन। नत्र उचाइ रोग अर्थात् लेक लाग्न सक्छ।


1  2  3  
जानकारी तथा लेखहरु