फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चेङ्ग छेङ्ग कुङ्गबाट थाइवानको पुनःप्राप्ति

(GMT+08:00) 2018-09-19 10:53:26

सो अवसरमा हल्याण्डका सेनामा सेवा गरेका एकजना अनुवादकले जलडमरु पार गरेर चेङ्गलाई थाइवानीहरुको समर्थन सुनाउनुका साथै थाइवानमा हल्याण्ड सेना तैनाथ गरिएको ठाउँको नक्सा दिए। भरपर्दो सूचना पएपछि सन् १६६१ मा चेङ्गले २५ हजार सैनिकको नेतृत्व गरेर सयौं जहाजद्बारा थाइवानमाथि आक्रमण गरे। सन् १६६२ को सुरुमा हल्याण्डका साम्राज्यवादीका नाइकेले आत्मसमर्पण सन्धिमा हस्ताक्षर गरी थाइवान छोडे। चेङ्ग छेङ्ग कुङ्गले सफलताका साथ थाइवानमाथि पुनःप्राप्त गरे। त्यसपछि उनले थाइवानमा शासनको स्थापना गरे। उनले कृषि उत्पादनको विकास गर्नुका साथै वैदेशिक व्यापार गरी स्थानीय सामाजिक तथा आर्थिक विकासलाई अगाडि बढाए। उनले उन्नतशील कृषि उपकरण र खेती प्रविधि थाइवानमा लगेर स्थानीय काउ शान जातीय बासिन्दाको जीवनस्तरलाई क्रमशः स्थिर बनाए।

सन् १६६२ को पाँचौँ महिनामा चेङ्ग छेङ्ग कुङ्गको निधन भयो। उनका छोरो चेङ्ग चिङ्गले निरन्तर रुपमा थाइवानको शासन गर्नुका साथै छिङ्ग राजवंशको विरोध गरे। सन् १६८३ मा छिङ्ग राजवंशको सेनाले थाइवानमाथि कब्जा गर्‍यो र थाइवानलाई पनि छिङ्ग राजवंशको अधिनमा राख्यो।


1  2  3  
जानकारी तथा लेखहरु