फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधार तथा खुलापनबाट जनता लाभान्वितः यी ऊका एक व्यापारीको ठहर

(GMT+08:00) 2018-11-16 10:31:44

यी ऊका जनताले सफलता प्राप्त गरेको कारणबारे चर्चा गर्दा ह हाई मैले यी ऊका जनताको मेहनती महत्वपूर्ण कारक-तत्व भएको कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ "म लगायतका यी ऊका जनता निकै मेहनती छन्। पहिलाको अप्ठ्यारो जीवन म पार भएँ। हाल सरकारले हामीलाई निकै सम‍र्थन दिन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको नीति पनि राम्रा छन्। एकदिनमा केही घण्टा मात्रै काम गर्छु, त्यसैले मैले काम नपाउने सम्भावना छैन।"

धेरै वर्षहरूयता ह हाई मैले एकपछि अर्को गरी यी ऊ श्रमिक संघका उप प्रमुख, चिन व्हा शहरको श्रमिक संघका प्रमुखआदि पदहरू सम्हाल्नुभएको थियो। ह हाई मैले यी ऊको विकास, बजारको भविष्य, व्यापारीको हितमाथि सधैं नै ध्यान दिनुभएको छ। उहाँले यी ऊको स-साना सामान बजारको विकासका लागि धेरै प्रस्तावहरू प्रस्तुत गर्नुभएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु