फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# छिङ राजवंशमा पैचिङ ओपेराको विकास

(GMT+08:00) 2018-11-28 08:29:09

अठारौँ शताब्दीमा चीनको दक्षिणी भागमा केही स्थानीय ओपेरा, खास गरी"व्है"नामक ओपेरा निकै प्रचलित थियो। सन् 1790 मा छिङ राजवंशका सम्राट छ्यान लुङको ८० औँ जन्म दिनका उपलक्ष्यमा आन ह्वैमा जन्मेको धनी व्यापारीको निमन्त्रणामा "सान छिङ टोली" नामक व्है ओपेरा टोली प्रदर्शन गर्न पैचिङ आएको थियो। यो इतिहासमा पैचिङमा आएको पहिलो व्है ओपेरा टोली थियो। सान छिङ व्है ओपेरा टोलीको प्रदर्शनले स्थानीय सर्वसाधारणलाई आकर्षण गरेर ठूलो सफलता हासिल गरेको थियो। त्यसपछि "स सि टोली", "छुन थाइ टोली" तथा "ह छुन टोली"लगायत व्है ओपेराका धेरै टोली राजधानी पैचिङ आएका थिए। इतिहासमा "सान छिङ"समेत ती चार व्है ओपेरा टोली "प्रसिद्ध चार व्है ओपेरा टोलीहरु" मानिन्छ।

व्है ओपेरा टोलीले पैचिङमा प्रवेश गर्ने घटना दक्षिणी भागको ओपेराले पैचिङ ओपेरासम्म बन्ने पहिलो पाइला हो। त्यसैले पैचिङमा व्है ओपेरा टोलीको प्रवेशलाई पैचिङ ओपेराको उत्पन्न भएको विचार गरिन्छ। जसले तत्कालीन पैचिङमा ओपेरा कार्यक्रमको समृद्धिका लागि ठूलो प्रभाव पारेको थियो। राजधानीमा आएपछि दर्शकको चाहनाअनुसार व्है ओपेरामा पैचिङका अन्य स्थानीय ओपेराबाट धेरै कुरा थपिएकाले त्यो छिटै विकसित भयो। उन्नाइसौं सताव्दीको अन्त्यदेखि बीसौं शताव्दीको प्रारम्भसम्ममा पैचिङ ओपेरा विकसित भएको थियो। र त्यो चीनको सबैभन्दा ठूलो ओपेरा बन्नपुग्यो।

1  2  3  
जानकारी तथा लेखहरु