फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सुधार तथा खुलापनले विश्वको प्रगति तथा समृद्धिका लागि सकारात्मक योगदान सिर्जना गरेको छ:चिनियाँ तथा विदेशी थिंक ट्यांक संस्था र वाणिज्य क्षेत्रका व्यक्तिहरु

(GMT+08:00) 2018-11-29 10:16:33

यस सम्मेलनमा विभिन्न अतिथिहरुले "सुधार तथा खुलापनको चालीसौं वार्षिकोत्सवको पृष्ठभूमिमा चीन"भन्ने मुख्य विषयबारेमा वैचारिक आदानप्रदान गरेका छन्। चीनको राज्य परिषदको अनुसन्धान केन्द्रका प्रमुख मा च्यान थाङ्गका अनुसार सुधार तथा खुलापन भएको चालीस वर्षयता चीनको मिलिजुली राष्ट्रिय शक्ति लगातार बढ्दै गएको छ। जनताको जीवन र आर्थिक बनौट पनि क्रमशः सुधारिँदै गएको छ। वर्तमान चीन सारा विश्वको सबैभन्दा ठूलो विनिर्माण केन्द्र बनेको छ। सेवायुक्त व्यवसायद्वारा सिर्जना भएको थपिने मूल्य विश्वमै आधाभन्दा बढी भाग ओगटेको छ। प्रमुख माले अगाडि भन्नुभयो:सन्1978 मा चीनको कूल गार्हस्थ उत्पादन मात्रा सारा विश्वको 1.8 मात्रै ओगटेको थियो। हाल चीन सारा विश्वको दोस्रो ठूलो आर्थिक समूह बनेको छ। साथै चीन नै मालसामानको व्यापार र विदेशी मुद्राको संचितिको पहिलो ठूलो मुलुक बनेको छ। सन्2017 चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा सारा विश्वमा 15.2प्रतिशत ओगटेको छ।

1  2  3  
जानकारी तथा लेखहरु