फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 च्याङ सु प्रान्तको दक्षिणी भागका गाउँहरूको विकासको नयाँ ढाँचा

(GMT+08:00) 2018-11-30 09:37:28

आजको युङ लेन गाउँ सुधार तथा खुलापन भएको चालीस वर्षपछि चीनका छ लाख वटा प्रशासनिक गाउँमध्ये कुल आर्थिक मात्रा अघिल्ला तीन स्थानमा रहेको प्रशासनिक गाउँ बनेको छ। उद्योग, कृषि, सेवा व्यवसायको समन्वयात्मक विकासले स्थानीय वासिन्दाको जीवन स्तरलाई माथि उकासेको छ। सन् २०१७ मा युङ लेन गाउँका वासिन्दाको प्रति व्यक्तिको सरदर आम्दानी चालीस हजार चिनियाँ युआन पुगेको थियो।

यसका साथै सु नान क्षेत्रमा पर्ने व्हा सी गाउँले पनि सामूहिक रुपमा उद्योग-व्यवसायको स्थापनामा निर्भर भएर धनी बन्ने बाटोतर्फ लम्केको छ। चालीस वर्षको विकासपछि व्हा सी गाउँका वासिन्दाको प्रति व्यक्तिको सरदर आम्दानी सन् १९७८ को दुई सय बीस चिनियाँ युआनबाट बढेर हाल नब्बे हजार पाँच सय चिनियाँ युआन पुगेको छ जुन चार सय गुणाले वृद्धि भएको छ।

1  2  3  
जानकारी तथा लेखहरु