फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 च्याङ सु प्रान्तको दक्षिणी भागका गाउँहरूको विकासको नयाँ ढाँचा

(GMT+08:00) 2018-11-30 09:37:28

बीसौं शताब्दीको सत्तरी दशकदेखि असी दशकसम्म युङ लेन गाउँ र व्हा सी गाउँजस्तै ग्रामीण उद्योग-व्यवसायको विकास गर्ने र औद्योगिकीकरणले शहरीकरणलाई अगाडि बढाउने विकास ढाँचालाई "सु नान ढाँचा" भन्ने गरिएको छ। च्याङ सुको याङ सी नदी आर्थिक पेटी अध्ययन प्रतिष्ठानका प्रमुख छङ छाङ छुनको विचारमा सु नान क्षेत्रको विकास चीनको सुधार तथा खुलापन भएको चालीसौ‌ वार्षिकोत्सवको सूक्ष्म छवि हो र "सु नान ढाँचा" पनि सुधार तथा खुलापनको एउटा सफल मोडल हो।

"सु नान ढाँचा" पनि निरन्तर रुपमा परिमार्जन भइरेहको छ। औद्योगकीकरण र शहरीकरणको विकास हुनुका साथै आर्थिक, राजनीति, संस्कृति, समाज, पर्यावरणीय सभ्यताको समन्वयात्मक विकास भइरहेको छ। छङ छाङ छुनको विचारमा नयाँ "सु नान ढाँचा"ले सु नान क्षेत्रलाई निरन्तर रुपमा अगाडि बढ्न दिशा नि‍र्देश गर्ने छ।


1  2  3  
जानकारी तथा लेखहरु