फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हामोल्हा नदी

(GMT+08:00) 2018-12-04 10:47:40

ल्हामोल्हा नदी त्यति ठूलो छैन तर तिब्बती बौद्ध धर्मको अवतारी प्रणालीमा त्यसको निकै महत्वपूर्ण र विशेष स्थान रहेको छ र यो स्थान आजसम्म पनि परिवर्तन भएको छैन। दलाइ लामा, पन्चेन लामा आदि जीवित बुद्धको निधन भएपछि उहाँहरूको अवतारी बच्चा खोज्न यहाँ आउनुपर्छ। यो पवित्र नदीको दृश्य घटना हेरेर अवतारी बच्चा बस्ने दीशा र सिद्धान्त निश्चित हुन्छ र यी सबै देवीले निर्देशन गरेको मानिन्छ। साथै हरेक दलाइ लामाले यो देवी नदी पुगेर पूजा-आजा गर्नुपर्ने नियम पनि छ।

तिब्बती पात्रोअनुसार, हरेक चौथो महिनादेखि छैठौँ महिनासम्म विभिन्न क्षेत्रका धर्मावलम्बीले यहाँ तीर्थयात्रा गर्ने गर्दछन्। किम्बदन्तीका अनुसार, ल्हामोल्हा नदीसँग विगतको जीवन, वर्तमान जीवन र मृत्युपर्यन्तको अनुमान गर्ने क्षमता रहेको छ। त्यहाँ तीर्थयात्रा गर्दा भक्तिमय र हार्दिकताका साथ जसले नदी हेर्छ उसले नदीबाट आफ्नो भविष्य थाहा पाउनसक्छ।

1  2  3  
जानकारी तथा लेखहरु