फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हामोल्हा नदी

(GMT+08:00) 2018-12-04 10:47:40

ल्हामोल्हा नदी जान चोकोर्ग्येल गुम्बा हुँदै जानुपर्छ। तिब्बती बौद्ध धर्मले मान्दैआएको चार वटा पवित्र पहाड र तीन वटा पवित्र नदी जोडिएर बनेको आठ दलको कमलको फूलको रुप जस्तो भौगोलिक स्वरूप यहाँ देखिन्छ। यसै क्षेत्रमा चोकोर्ग्येल गुम्बा पर्दछ। सन् १५०९ मा दोस्रो दलाइ लामाले चोकोर्ग्योल गुम्बाको निर्माण गर्नुभयो अनि ल्हामोल्हा नदीमा पहिलो पटक खादा र एक मुठी रङ्गीन चामल फाल्नुभएको थियो। त्यतिखेर पाँच तले मुख्य दरबार मात्रै थियो भने दरबारभित्र ५८ वटा स्तम्भ र सुनको छत थियो। त्यसपछि पाँचौँ दलाइ लामाले गुम्बाको विस्तृत निमार्ण गरी चार हजार वर्ग मिटर रहेको निर्माणवस्तु समूह बनाउनुभयो। चोकोर्ग्येल गुम्बाको ढोका बाहिर चोकोर्ग्येल गुम्बा इतिहास कुँदिएको ढुङ्गे स्मारक राखिएको छ, जुन तेस्रो दलाइ लामाले राख्नुभएको हो। गुम्बा पछाडिको पहाडमा बुद्ध मूर्ति राखिएको ढुङ्गे खोपीमा तेस्रो दलाइ लामाको पदचिन्हे ढुङ्गा पनि राखिएको छ। गुम्बा पछाडि ढोकाबाहिरको घाँसे मैदानमा एउटा स्लेट छ र यो स्लेटमा हेरिरहेमा आफ्नो इच्छा अनुसारको दृश्य देख्नसकिन्छ।

पहिला चोकोर्ग्येल गुम्बाबाट पैदल हिँडेर ल्हामोल्हा नदी पुग्न तीन घण्टा लाग्थ्यो। तर हाल सडक निर्माण भइसक्यो र गाडीमा मात्रै दश मिनेटमा पुगिन्छ। घोडा चढेर पनि जानसकिन्छ त्यसको लागि लगभग दुई घण्टा चाहिन्छ। घोडाबाट सबै दृश्य हेर्न पाइने भएकोले केही पर्यटकले यो तरिका छान्ने गरेको देखिन्छ।


1  2  3  
जानकारी तथा लेखहरु