फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा "विश्व स्तरीय पर्यावरणीय टापु" निर्माण

(GMT+08:00) 2019-01-25 10:01:59

"मेरो फलफूल बगैंचाको क्षेत्रफल करीब दुई सय मू अर्थात् 13.33 हेक्टर छ। एक वर्षको चार ऋतुमा फलफूल रोप्ने गरिन्छ। यहाँ करीब पन्ध्र किसिमको फलफूल रोपिएको छ। सन् 2014 मा हाम्रो बगैंचाको फलफूलले हरित अनुमति पारित गरेको थियो र ट्रेड मार्काको दर्ता गरेको थियो। हाम्रो फलफूलको ट्रेडमार्का लु सेन हो।"

सुङ छिङले पत्रकारसँग भनेअनुसार, फलफूल र सागसब्जीमा अर्गानिक मलको मात्रै प्रयोग गरिएका कारण फलफूल र सागसब्जीको स्वाद मिठो छ, याङ सी नदीको पर्यावरणीय वातावरणका लागि पनि योगदान दिइएको छ। उहाँलाई गौरब लागेको कुरा के हो भने स्थानीय गाउँले घरेलु फोहोर वर्गीकरण गरिसकेको र गाउँको ढल प्रशोधन गरिसकेको छ। सुङ छिनले भन्नुभयो "याङ सी नदीको टाउकामा पर्दछ वा याङ सी नदीको पुच्छरमा पर्दछ, याङ सी नदीको राम्रोसँग व्यवस्थापन गर्नुपर्छ।"

सेन छ्याउ गाउँले "विशेष होमस्टे पर्यावरणीय कृषिमा जोड"लाई केन्द्रको रुपमा राखेर छवटा सहकारीको स्थापना गरेको छ। चिनियाँ कम्युनिष्ट पा‍र्टीको सेन छ्याउ गाउँ समितिका सचिव क्वान श चुङले कृषि र पर्यटन जोड्ने परियोजना स्थानीय किसान धनी बनाउने बाटो बनिसकेको कुरा बताउनुभयो। उहाँले भन्नुभयो "किसानको खाली आबासलाई मर्मत गरेर होमस्टे बनेको छ। कम्पनीले होमस्टेको व्यवस्थापन गर्छ। किसानले आफ्नो आबास भाडामा दिएर आम्दानी पाउन सक्छन्। साथै किसानले पनि होमस्टेमा रोजगारी पाउन सक्छन्। यो परियोजना दुई पक्षका लागि हितयुक्त परियोजना हो। गाउँको वातावरण पनि सुध्रिएको छ। शहरको अत्याधुनिक धारणा पनि गाउँमा पुगेको छ।"

यसका साथै छुङ मिङ विश्वस्तरीय पर्यावरणीय टापुको निर्माणले पनि विदेशी सहयोग अवसर खोज्दैआएको छ। शांगहाईको छुङ मिङ वाणिज्य महासंघले फ्रान्सको हाउटे कोर्स उद्योग तथा वाणिज्य संघसँग प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहयोगात्मक स्मृत्ति पत्रमा हस्ताक्षर गरेको थियो। दुई पक्षले पर्यावरणीय संरक्षण, पर्यावरणीय कृषि, पर्यावरणीय पर्यटन, अर्गानिक खाद्य-पदार्थआदि क्षेत्रहरूमा सहयोग गर्ने छन्।


1  2  3  
जानकारी तथा लेखहरु