फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ तुङ प्रान्तको श्वै तद्वारा सुन्दर गाउँ ट्रेडमार्काको सिर्जना

(GMT+08:00) 2019-02-01 09:14:13

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं राष्ट्रिय अधिवेशनको प्रतिवेदनले पहिलो पटक ग्रामीण पुनःउत्थान रणनीति प्रस्तुत गर्नुका साथै कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरण कार्यलाई गति प्रदान गर्न जोड दिएको थियो। चीनको आधुनिक कृषि मोडेल क्षेत्रको रुपमा क्वाङ तुङ प्रान्तीय फो शान शहरको श्वै त क्षेत्रले हालैका वर्षहरूयता सुन्दर गाउँको निर्माणलाई अगाडि बढाएर एक खेप"सुन्दर सभ्यता मोडेल गाउँ" र "सुन्दर पार्क मोडेल क्षेत्र"को सिर्जना गरेको छ र श्वैन तको सुन्दर गाउँको ट्रेडमार्काको आकर्षित शक्ति र प्रभाव शैलीलाई माथि उकासेको छ।

सन् २०१८ देखि क्वाङ तुङ प्रान्तीय फो शान शहरको श्वैन त क्षेत्रले "सुन्दरता र सभ्यता मोडेल गाउँ"को सफलताका लागि तिव्रता दिएको छ। श्वैन त क्षेत्रको फङ चेन गाउँले सुन्दर गाउँको निर्माणसम्बन्धी पुरस्कार जितेको थियो। श्वैन त क्षेत्रको सिङ थान बस्तीको फङ चेन गाउँ पुग्दा कवितामा उल्लेख गरिएको सुन्दर दृश्य, र इमानदार वासिन्दाबाट मानिसको मनमा गहिरो छाप पर्ने गरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु