फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ तुङ प्रान्तको श्वै तद्वारा सुन्दर गाउँ ट्रेडमार्काको सिर्जना

(GMT+08:00) 2019-02-01 09:14:13

हरेक सप्ताहान्तमा धेरै पर्यटकहरू सुन्दर गाउँले जीवनको अनुभव गर्न त्यहाँ आउने गर्दछन्। श्वै द क्षेत्रको सिङ थान बस्तीको कृषि तथा सामाजिक कार्य व्यूरोका अधिकारी स्ये छिङकाअनुसार, चालू वर्षको शुरुमा श्वैन त क्षेत्रले कार्यान्वयन गरेको गाउँको पुनःउत्थान विकास रणनीतिमा ग्रामीण क्षेत्रको तीन वटा व्यवसायको मिश्रण कार्य सबैभन्दा महत्वपूर्ण कार्य बनेको छ। फङ चेन गाउँ तीन वटा व्यवसाय मिश्रण गरिएको नमूना गाउँ हो। स्ये छिङले भन्नुभयो "पहिलो व्यवसाय फङ चेन क्षेत्र गाउँको परम्परागत र चार किसिमको माछाको प्रधानतामा रहेको माछापालन व्यवसाय हो। दोस्रो व्यवसाय हाम्रो श्वैन त क्षेत्रले निर्माण गरिरहेको गाँउस्तरीय उद्योग क्षेत्र हो। तेस्रो व्यवसाय फङ चेन गाउँको विशेष व्यवसाय अर्थात् ग्रामीण पर्यटन व्यवसाय हो। यहाँको ग्रामीण पर्यटन क्वाङ तुङ प्रान्त र चीनमा निकै प्रचलित छ। सन् २०१७ मा हामीले मानिसको हिसाबबाट हेर्दा बाह्र लाख पर्यटकको स्वागत गरेका थियौं। पर्यटनको आम्दानी पचास लाख चिनियाँ युआन पुगेको थियो।"

सुन्दर र स्वच्छ ग्रामीण पर्यावरणीय वातावरणले स्थानीय पर्यटनको विकासलाई बढाएको छ। साथै पर्यटनको ठूलो विकासले पनि फङ चेन गाउँलाई धेरै व्यापारिक मौका थपेको छ। फङ चेन पानी गाउँको पर्यटन विकास कम्पनी लिमिटेडका कर्मचारी ली शङ हाउले भन्नुभयो "पर्यटन व्यवसायको विकास गरेका कारण फङ चेन गाउँको वातावरण अझै राम्रो बनेको छ। साथै यसले हामीलाई धेरै व्यापारिक मौका दिएको छ। पहिला धेरै युवायुवतीहरू रोजगारीका लागि बाहिर जान्थे। हाल उनीहरू जन्मथलो फर्केर आफ्नो आबासको पुनःनिर्माण गरेका छन् र आफ्नो नयाँ आबासको पहिलो तलालाई भाडा दिने वा आफैले होम्स्टे खोलेका छन्।"

श्वैन त क्षेत्रको पश्चिमी भाग र च्युन आन क्षेत्रको पूर्वी भागस्थित नान शा टापू श्वैन तको "शहरीय मरुद्यान" बनेको छ। स्थानीय सरकारले पर्यटन र आधुनिक कृषिको विकास गरेको छ। त्यसै गरी नान शा टापू "तीन वटा व्यवसायको मिश्रण"को आधुनिक गाउँको नयाँ मोडेल बनेको छ।

नान शान टापूको विकासको वर्तमान अवस्थाबारे चर्चा गर्दा च्युन आन बस्तीको कृषि तथा सामाजिक कार्य व्यूरोका उप निर्देशक औ याङ युङ हङले भन्नुभयो "नान शान टापू श्वैन तको आधुनिक कृषिको मोडेल क्षेत्र हो। यहाँको मुख्य व्यवसाय कृषि हो। तीमध्ये कृषि उपजको प्रशोधन स्थानीय कृषि उपजको औद्योगिकीकरणको विकासको मुख्य लक्ष्य हो।"

1  2  3  
जानकारी तथा लेखहरु