फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुङबो गुम्बा र सगरमाथाको बेस क्याम्प

(GMT+08:00) 2019-02-19 14:44:38

गुम्बा पाँच तल्लाका छन् तर हाल दुई तला मात्रै प्रयोगमा छ। सगरमाथाको बेस क्याम्पको दृश्यावलोकन गर्न यहाँ पुग्नुपर्छ साथै यो तिब्बती जातीय विशेषतायुक्त दृश्यावलोकन क्षेत्र पनि हो। रुङबो गुम्बाबाट दक्षिणतिर हेर्दा सगरमाथाको समस्त रुप हेर्न पाइन्छ। विशेष गरी सगरमाथाका दुई चमत्कारमध्येको एकको रुपमा रहेको झण्डा बादल पनि देख्नसकिन्छ। सगरमाथामा झण्डा रुपको बादल सधैँ रहिरहन्छ र साथै हावासँगै उडिरहन्छ। यो हावाको गति थाहा पाउने एउटा मापक पनि हो। यदि बादल हल्का र पातलो देखिए शिखरमा हावा कम चलेको भन्ने बुझिन्छ र पर्वतारोहणका लागि उचित छ। यदि झण्डा बादल बाक्लो र चलायमान देखिएमा शिखरमा हावा वेगले चलिरहेको र पर्वतारोहणका लागि जोखिम छ भन्ने बुझिन्छ। घमाइलो साँझमा झण्डा बादल शानदार लाल रङ्गमा रङ्गिन्छ र साथै सेतो हिम तथा कालो पहाडसँग मिलेर रङ्गीन चित्र झैं बन्दछ।

रुङबो गुम्बा र सगरमाथाबीच पच्चीस किलोमिटरको दूरी छ। गुम्बाबाट माथि आठ किलोमिटर पैदल हिँडेपछि समुद्र सतहदेखि ५१७० मिटरमा पर्ने सगरमाथा बेस क्याम्प पुगिन्छ। सगरमाथा प्राकृतिक संरक्षण क्षेत्र भएकोले सबै गाडी रुङबो गुम्बामा रोक्नुपर्छ अनि पैदलमा वा गाडामा बसेर मात्रै सगरमाथा बेस क्याम्प जानपाइन्छ। यो पर्वतारोहीको सगरमाथा चढ्ने पहिलो क्याम्प हो साथै सगरमाथाको एक मात्रै मोबाइल सञ्चार केन्द्र पनि हो।

बेस क्याम्प निकै फराकिलो छ। एकै चोटि हजारभन्दा बढी मानिसलाई यहाँ पालको व्यवस्था गर्नसकिन्छ। पर्वतारोहणको व्यस्त सिजनमा सेता सेता पालहरु बाटोका दुवै छेउमा जताततै देख्नसकिन्छ। पालबाहेक केही ढुङ्गाबाट निर्माण भएका घर पनि छन्। बेस क्याम्प नजिक जर्ज हबट लि म्यालरी लगायत पर्वतारोहण क्षेत्रका पायनियरका चिहान पनि छन्।

1  2  3  
जानकारी तथा लेखहरु