फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबीबाट मुक्त भएका छी फिङ ह परिवारको कथा

(GMT+08:00) 2019-02-22 09:24:04

स्थानीय सरकारले छी फिङ ह परिवारका लागि न्युनतम आम्दानीको प्रत्याभूति आपूर्तिको निवेदन माग गरेर उनको छोरा र छोरीको पढाई शुल्कको केही भाग घटौती गरेको छ। शारीरिक स्वास्थ्यमा पनि विस्तारै सुधार हुँदै आएपछि छी फिङ हले जीवनको नयाँ आशा लिएका छन्। उनले विद्युत्तीय तीन चक्के साइकल चढेर सडकमा सामान बिक्री गर्ने निर्णय गरेका छन्। श्रीमती वाङ क्वै छिनले उनको निर्णयलाई समर्थन गरेकी छिन् तर कहिले काहीँ उनीप्रति अलि अलि चिन्ता लाग्ने गर्छ। वाङ क्वै छिनले भनिन् "कहिले काहीँ उनी बाहिर जान्छन्। कहिले काहीँ मैले उनलाई बाहिर पठाएपछि घर फर्कने गर्दछु। उनीप्रति मैले अलि चिन्ता लिएको छु। कहिले काहीँ उनी गएपछि साइकल चढेर उनीलाई हेर्न जान्छु। हाल मेरो परिवार गरिबीबाट मुक्त भएको कुरा सरकारको मद्दतमा भर परेको र व्यक्तिको प्रयास छोड्नसक्दैनथे।"

सरकारको सहयोग र छी फिङ ह परिवारको प्रयासमा सन् 2018 मा उनको परिवार गरिबीबाट मुक्त भयो। छी फिङ ह परिवारको विशेष अवस्था भएका कारण गत वर्ष गाउँको सरकारले उनकी श्रीमती वाङ क्वै छिनलाई एक हित कल्याण रोजगार अवसर उपलब्ध गराएको थियो। वाङ क्वै छिनले भनिन् "हाल प्रतिदिन मेरो काम अग्नि नियन्त्रण जाँचबुझ गर्नु हो। मेरो यो कामले अग्नि नियन्त्रण गर्नुका साथै प्रचार-प्रसार गर्ने गर्दछ। मैले प्रतिदिन आगो लागेको अवस्था जाँचबुझ गर्ने काम गर्नुपर्दछ।"

वाङ क्वै छीले भनेअनुसार, यो कामबाट एक वर्षमा उनको तलब छ हजार चिनियाँ युआन बराबर छ। यो कामबाट पाएको तलब र सामानको बिक्रीबाट कमाइएको आम्दानीको भरमा उनको परिवारको जीवन अझै राम्रो बनेको छ।

1  2  3  
जानकारी तथा लेखहरु