फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# चीनको इतिहासमा पहिलोपटक अफिम युद्ध-3

(GMT+08:00) 2019-04-03 10:50:13

तर बेलायती सेनाले फेब्रुअरी महिनामा हु मन किल्लामाथि आक्रमण गरे। स्थनीय तैनाथ सेनाले पराक्रमी भई प्रतिरक्षा गरे तापनि प्रतिरक्षा असफल भयो। बेलायती सेनाले हु मन किल्लामाथि पनि कब्जा जमाए। त्यसपछि बेलायती सेनाले निरन्तर क्वाङ चौमाथि आक्रमण गरे। क्वाङ चौमा तैनाथ जनरल क्वान थ्यान फूलैले प्रतिरक्षा गरे तापनि हतियारका कारणले जनरल क्वान थ्यान फू गोलि लागेर सहिद भए। त्यसपछि अप्रिल महिनासम्म सरकारद्वारा पठाइएको फौज क्वाङ चौ पुगे। बेलायती सेनाको आक्रमणमा फौजका नेता यी शानले नकारात्मक रूपमा प्रतिरक्षा गरेर बेलायती सेनासँग क्वाङ चौ शान्ति सन्धिमा हस्ताक्षर गर्नुका साथै 60 लाख चाँदी युआन तिरे। यहाँ जोड दिनुपर्ने कुरा के हो भन्ने क्वाङ चौका सर्वसाधारणले सो अवसरमा सक्रिय रूपमा बेलायतको विरोध गरेर संघर्ष गरेका थिए।

1  2  3  
जानकारी तथा लेखहरु