फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# चीनको इतिहासमा पहिलोपटक अफिम युद्ध-3

(GMT+08:00) 2019-04-03 10:50:13

तर बेलायत सरकारले उक्त आक्रमणको उपलब्धिप्रति असन्तोष मान्दै सत्तामा हुनाले हेनरी पोटिङगरलाई पठायो। सन् 1841 अगष्ट महिनामा हेनरी पोटिङ्गरको नेतृत्वमा 37 वटा पानी जहाज र 2 हजार 5 सय सैनिकहरूले हंगकंगबाट निरन्तर उत्तरतिर गए। तिङ हाई र चङ हाई क्षेत्रमा तैनाथ सेनाले वीरतापूर्वक प्रतिरक्षा गरे तापनि लडाईमा हार बेहोर्नुपर्‍यो। दुई क्षेत्रकै तैनाथ जनरलको पनि मृत्यु भयो। बेलायती सेनाले वर्तमान च च्याङ क्षेत्रमा पुग्यो। त्यसपछि चीन सरकारी सेना र बेलायती सेनाले वर्तमान शाङहाई क्षेत्रमा फेरि युद्ध गरे। सन् 1842 अगष्ट महिना बेलायती सेना नान चिङमा पर्ने नदीमा पुगे। छिङ सरकारले निरन्तर युद्ध गर्ने इच्छा नराखेर बेलायती सेनासँग नान चिङ सम्झौतामा हस्ताक्षर गर्‍यो।

उक्त नान चिङ सम्झौताको ठोस विषय के हो? आगामी साता यसै कार्यक्रममा म निरन्तर रूपमा चर्चा गर्छु।


1  2  3  
जानकारी तथा लेखहरु