फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# चीनको इतिहासमा पहिलोपटक अफिम युद्ध-4

(GMT+08:00) 2019-04-10 10:33:54

2- क्वाङ चौ, स्या मन, फू चौ, निङ पो र शाङ हाईलगायत पाँच क्षेत्रका व्यापारिक बन्दरगाहमा बेलायतले व्यापारिक बन्दरगाहमा वाणिज्य दूतावास स्थापना गर्‍यो। जसबाट चीनको व्यापारिक सार्वभौमिक्त गुम्यो।

3- चीनले बेलायतलाई 2 करोड 10 लाख युआनको चाँदी क्षतिपूर्ति दिनुपर्‍यो। उक्त 2 करोड 10 लाख युआनको चाँदी मध्ये 60 लाख युआनको चाँदी अफिमको क्षतिपूर्ति, 30 लाख युआनको चाँदी व्यापारिक ऋण र 1 करोड 20 लाख युआनको चाँदी बेलायती सैन्य खर्च रहेको थियो। जसबाट ठूलो परिमाणको चाँदी विदेशमा गयो।

4- बेलायतले चीनबाट आयात गर्ने माल-सामानको कर चीन र बेलायतको साझा छलफलद्वारा निर्णय गरिनु पर्ने सर्त राखेको थियो। जसबाट चीनको करको सार्वभौमिक्ता पनि हरायो।

5- बेलायती व्यापारीले स्वतन्त्र रूपमा चिनियाँ व्यापारीसँग व्यापार गर्नुका साथै चिनियाँ व्यापरी संघको प्रभावको बेवास्ता गरेको थियो। जसबाट चीनको व्यापारिक सार्वभौमिक्तामा क्षति पुग्यो।

त्यसपछि सन् 1843 मा बेलायत सरकारको दवाबमा छिङ सरकारले अरू दुईवटा सन्धिमा हस्ताक्षर गरेको थियो। उक्त दुईवटा सन्धिले कन्सुलरको निर्णय अधिकार, एक-पक्षीय लगायतमा विषय थपिएका थिए।

1  2  3  
जानकारी तथा लेखहरु