फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# थाइफिङ थ्यान को आदोलन-1

(GMT+08:00) 2019-04-17 09:57:37

सो अवसरमा छिङ सरकारी सम्राट ताउ क्वाङको निधन भएपछि स्यान फेङले सम्राटको शपथगहण गरे। सन् 1850 मा हुङ स्यौछ्वानले विभिन्न क्षेत्रमा बस्ने धर्मावलम्बीहरूलाई अक्टोबर 4 तारिख क्वी फिङ जिल्लाको चिन थ्यान गाउँमा मेला हुन आदेश दिनुका साथै आफ्नो जन्म दिवसमा सशस्त्र विद्रोह गर्ने योजना बनाए।

लगभग बीस हजार धर्मावलम्बीहरू चिन थ्यान गाउँमा भेला भए। एक दिन हुङ स्यौछ्वान, फेङ युनशानलगायत व्यक्तिहरूले गोप्य भेला भएर विद्रोह गर्ने योजना बनाएको कुरा स्थानीय सरकारले थाहा पायो। स्थानीय सरकारले सेना पठाएर उनीहरू पक्राउ गर्न खोजे तापनि समूहको अर्को नेता याङ स्यौ छिङले धर्मावलम्बीको नेतृत्व गरेर सबै सेनालाई मारिदिए।

सन् 1851 जनवरी 11 तारिख उनीहरूले थाइफिङ अर्थात शान्तिको नामद्वारा विद्रोह घोषित गरे। त्यसपछि थाइफिङ सेनाले पूर्वतिर गएर युङ आन शहरमाथि कब्जा गर्‍यो। युङ आन शहरमा थाइफिङ सेनाले आफ्नो शासन थाइफिङ थ्यान कोको स्थापना गर्यो। थ्यान कोको अर्थ स्वर्गीय राज्य भन्ने रहेको छ। हुङ स्यौछ्वानले आफूलाई थ्यान वाङ अर्थात् स्वर्गीय राजाको पद नियुक्त हुनुका साथै पूर्व, दक्षिण, पश्चिम, उत्तरी र यी राजालगायत पाँच पदमा पाँच जना सहायकलार्इ नियुक्त गरे।


1  2  3  
जानकारी तथा लेखहरु