फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# छिङ राजवंशमा प्रसिद्ध मुमा बडामहारानी छी सीको ऐतिहासिक कथा

(GMT+08:00) 2019-05-15 10:16:50

आजको कार्यक्रममा मुख्य पात्र छी सी स्यान फेङ सम्राटकी कान्छी रानी हुन्। वास्तवमा छी सी उनको सम्मानित नाम र पद थियो। उनको थर येहनाला हो। उनले स्यान फेङ सम्राटको एकजना मात्रै छोरो जन्माएकी थिइन्। त्यसैले सन् 1861 मा स्यान फेङ सम्राटको निधनपछि उनका 5 वर्षे छोरो थुङ चले सम्राटको शपथगहण गरे। त्यसैले 26 वर्षे छी सी नव सम्राटकी मुमा बडामहारानी बनिन्। साथै नव सम्राटकी आमा भएको छी सीको रानी छी आनसँग बराबर अधिकार र सम्मान थियो। छोरोको उमेर कम भएका हुनाले स्यान फेङ सम्राटले निधनअघि आठजना पदाधिकारीलाई शासनको सहायक अधिकार दिएका थिए।

तर मुमा बडामहारानी छी सी निश्चयकारी र निडर महिला थिइन्। स्यान फेङ सम्राट विरामी भएको बेलामा उनले सम्राटलाई निर्देशन दिन सहयोग गर्थिन्। त्यसैले शासनको वास्तविक अधिकार आफ्नो हातमा राख्न खोज्थिन्। सर्वप्रथम उनले पूर्व रानी अर्थात् तत्कालीन प्रथम मुमा बडामहारानी छी आनलाई सुझाव दिइन्। मुमा बडामहारानी छी आन कोमल र शान्त महिला भएकाले राजनीतिबारे उनको खासै चासो थिएन। उनले मुमा बडामहारानी छी आनबाट समर्थन पाएपछि पूर्व सम्राट स्यान फेङका भाई राजा कुङसँग पनि सम्पर्क गरेर सहयोग लिइन्। दुई पक्षको सहयोगमा सत्ता विप्लप भयो। दुईजना मुमा बडामहारानीले बालक सम्राटद्वारा सहायक पदाधिकारीहरूको पद बर्खास्त गरेर उनीहरूको हत्या गरे। प्रचीन कालमा पुरूष र महिलाबीच प्रत्यक्ष सम्पर्क निषेध गरेका हुनाले दुई जना मुमा बडामहारानीले राज्य भवनमा पर्दा लगाएर त्यसको पछाडि बसेर शासन गर्न थाले। यद्यपि पर्दापछाडि दुई जना मुमा बडामहारानी बसे पनि वास्तविक शासन अधिकार छी सीको हातमा रहेको थियो।

1  2  3  
जानकारी तथा लेखहरु