फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# छिङ राजवंशमा प्रसिद्ध मुमा बडामहारानी छी सीको ऐतिहासिक कथा-2

(GMT+08:00) 2019-05-22 16:06:00

सन् 1881 मा 45 वर्षे मुमा बडामहारानी छी आनको अकस्मात निधन भयो। चिनियाँ लोकमान्यतमा पूर्व सम्राट स्यान फेङको मृत्युअघि छी सीको लक्ष्यबारे चिन्ता उब्जिएको थियो। त्यसैले उनले आफ्नी रानी छी आनलाई यदि छी सी सरकारी कार्यमाथि धेरै हस्तक्षेप गरेमा औपचारिक मुमा बडामहारानीको हैसियतद्वारा छी सीको नियन्त्रण गर्ने आदेश दिए। उक्त सूचना पाएपछि छी सीले छी आनसँग ज्यादै घनिष्ट सम्बन्ध कायम राखिन्। क्रमशः कोमल र शान्त मुमा बडामहारानी छी आनले छी सी राम्रो मान्छे भएको विचार गरेर उक्त आदेश खारेज गरिन्। कुनै शंका नलागेको मुमा बडामहारानी छी सीले मुमा बडामहारानी छी आन मारेको कथा भनाइ छ। यो भनाइ सत्य हो वा होइन हालसम्म पुष्टि भएको छैन। तर त्यसपछि देशको शासन अधिकार मुमा बडामहारानी छी सी एकजनाको हातमा रहन गयो।

सन् 1889 मा क्वाङ स्यु सम्राटको विहे भयो। विहेपछि क्वाङ स्यु सम्राटले देशको शासन गर्नुपरे तापनि मुमा बडामहारानी छी सीले धेरै वर्षसम्म निर्देशन दिइरहिन्। वास्तवमा युवा सम्राट क्वाङ स्युभन्दा सरकारका सबै अधिकारीले मुमा बडामहारानी छी सीको आदेशको बढी पालना गरे।

1  2  3  
जानकारी तथा लेखहरु