फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# छिङ राजवंशमा प्रसिद्ध मुमा बडामहारानी छी सीको ऐतिहासिक कथा-2

(GMT+08:00) 2019-05-22 16:06:00

सन् 1894 मा चीन र जापानबीच युद्ध सुरू भयो। सुरूमा दुवै मुमा बडामहारानी छी सी र सम्राट क्वाङ स्युले युद्धको समर्थन गरे। तर त्यस वर्ष मुमा बडामहारानी छी सी 60 औँ जन्म दिनमा प्रवेश गरेकी थिइन्। जन्म दिवस मनाउँदा भवनको मर्मत तथा पुनर्निर्माण, भव्य मनाउने समारोहको तयार गर्नलगायत कार्यक्रममा मुमा बडामहारानी छी सीले सरकारलाई धेरै खर्च गर्न आदेश दिइन्। केही अधिकारीले त्यो पूँजी नौ सेनामा खर्च गर्ने सुझाव दिएको बेलामा मुमा बडामहारानी छी सीलाई निकै रीस उठेको थियो। ]

तर वास्तवमा छिङ सरकारले याङ उ आन्दोलनद्वारा रकम संकलन गर्नुका साथै सैन्य शक्तिको विकास गरे तापनि देशको समग्र सैन्य शक्ति जापानभन्दा कमजोर थियो। चीन र जापानको युद्धमा चीन क्रमशः कमजोरी पक्षमा पर्‍यो। आफ्नो जन्म दिवस समारोहमा प्रभाव पार्न नदिनका लागि मुमा बडामहारानी छी सीले जापानसँग शान्ति-वार्ताको समर्थन गरिन्।

जापानको दवावमा सन् 1895 मा चीन र जापानले मा क्वान सन्धिमा हस्ताक्षर गरे। उक्त सन्धि चीनको इतिहासमा सबैभन्दा अपमानजनक सन्धि हो। जसबाट चीनले जापानलाई ठूलो मात्रामा चाँदीका सिक्का तिर्नुका साथै ल्याउ तुङ प्रायद्वीप, थाइवान, फेङ हु टापुहरू दिएर चार बन्दरगाह खुल्दा ती बन्दरगहामा जापानको व्यापार र खनिज कारखानाको सञ्चालन गर्न स्वीकृति दिएको थियो।


1  2  3  
जानकारी तथा लेखहरु