फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनको सिन्च्याङको आ ला अरमा सपना पूरा गर्न प्रयासरत् मानिसहरू

(GMT+08:00) 2019-07-19 10:38:21

आ ला अर संस्कृति पुस्तकालयमा पत्रकारले सन् १९९० पछि जन्मेकी अर्की केटी चाङ स्याउ थिङलाई भेट्नुभयो। उनका हजुरबुबा पनि सिन्च्याङको निर्माणमा सहायता दिन आएका सैनिक थिए। उनका बुबा र आमा था ली मू विश्वविद्यालयका शिक्षक र शिक्षिका हुन्। विश्वविद्यालयबाट स्नातक भएपछि उनी दश हजार चिनियाँ युआनको महिनाको तलब त्यागेर आ ला अर फर्केकी थिइन्। उनी भन्छिन् "मेरो विचारमा हामीले सिकेको कुरा जन्मथलोलाई दिनुपर्छ। खास गरी म भित्री प्रदेशमा पढ्दा नयाँ कुरा देखें तर हाम्रो जन्मथलोमा देख्नसकिँदैन। त्यसैले मैले आफूले देखेको र सुनेको नयाँ विचारलाई भविश्यको निर्माणमा राख्नसक्ने छु।"

बताए अनुसार, आ ला अर शहरको सरकारले पुस्तकालय, सांस्कृतिक हल, थिएटरको निर्माण गर्नुका साथै राजमार्ग, विमानस्थललगायतको आधारभूत प्रबन्धको पनि निर्माण गर्ने छ। साथै आ ला अरले कपास फूल रोप्नुका साथै उत्पादन व्यवसाय र सेवा व्यवसायको निर्माणलाई अगाडि बढाउने छ।


1  2  3  
जानकारी तथा लेखहरु