फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# भित्री मंगोलिया स्वायत्त प्रदेश चीनको उत्तरी भागको खुलापन तथा विकासको महत्वपूर्ण क्षेत्र बनिसकेको

(GMT+08:00) 2019-07-26 10:26:48

चीनको उत्तरी भागमा पर्ने भित्री मंगोलिया स्वायत्त प्रदेशले "बेल्ट एण्ड रोड"को निर्माण र चीन-मंगोलिया-रुस आर्थिक कोरिडोरको निर्माणको मौका सदुपयोग गरी आधारभूत प्रबन्धको कनेक्टिभिटी, आर्थिक तथा व्यापारिक सहयोग, जनस्तरीय आदान-प्रदानआदि क्षेत्रहरूमा नयाँ उपलब्धि हासिल गरेको छ। यसका साथै भित्री मंगोलियाले पर्यावरणीय सभ्यताको निर्माणको विस्तार गरेको छ। भित्री मंगोलियाको खु बु छि मरुभूमिको पर्यावरणीय व्यवस्थापन क्षेत्र संयुक्त राष्ट्र संघीय वातावरण योजना कार्यालयद्वारा विश्वको मरुभूमिको "पर्यावरणीय आर्थिक मोडेल क्षेत्र" निश्चित गरिएको छ। भित्री मंगोलिया सुन्दरता र विकासको नमुना बनेको छ।

भित्री मंगोलिया चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा स्थापना गरिएको प्रान्त स्तरीय पहिलो अल्पसंख्यक जातीय स्वायत्त प्रदेश हो। भित्री मंगोलिया रुस र मंगोलिया यी दुई मुलुकसँग जोडिएको छ र चार हजार दुई सय किलोमिटर लामो सीमा रेखा छ। भित्री मंगोलिया स्वायत्त प्रदेशको जन सरकारका अध्यक्ष श्रीमती बु स्याउ लिनले हालै पैचिङमा जानकारी दिँदै भित्री मंगोलियाले क्षेत्रीय श्रेष्ठताको सदुपयोग गरी "बेल्ट एण्ड रोड"को निर्माण, चीन-मंगोलिया-रुस आर्थिक करिडोरको निर्माणमा सक्रियताका साथ संलग्न भएको बताउनुभयो। उहाँ भन्नुहुन्छ "सन् २०१८ मा चीन-यूरोप रेलवे एक्सप्रेस भित्री मंगोलियाबाट २८५० पटक वारपार भएको थियो। सन् २०१८ मा भित्री मंगोलियाले आ अर शान मञ्चको आयोजना गरेको थियो। यो मञ्चको मुख्य विषयवस्तु "विश्व सभ्यता वार्ता र मानव भाग्य समुदायको सिर्जना" भन्ने थियो। हामीले निरन्तर रुपमा भूमिका निर्वाह गर्दै "बेल्ट एण्ड रोड"को सुन्दर इच्छालाई साकार तुल्याउनका लागि योगदान दिने छौं।"

1  2  3  
जानकारी तथा लेखहरु