फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# भित्री मंगोलिया स्वायत्त प्रदेश चीनको उत्तरी भागको खुलापन तथा विकासको महत्वपूर्ण क्षेत्र बनिसकेको

(GMT+08:00) 2019-07-26 10:26:48

गत वर्ष भित्री मंगोलिया स्वायत्त प्रदेशको आर्थिक कुल रकम र प्रति व्यक्तिको कुल गार्हस्थ उत्पादन बेग्ला-बेग्लै रुपमा सत्र खर्ब चिनियाँ युआन र अठ्सट्ठी हजार चिनियाँ युआन पुगेको थियो। जुन सत्तरी वर्षअघिको तुलनामा ५९५ गुणा र १३७ गुणाले वृद्धि भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको भित्री मंगोलिया स्वायत्त प्रदेश समितिका सचिव ली चि हङले भित्री मंगोलियाले घाँसेमैदान र वनस्पतिको संरक्षणलाई प्रथम कार्यको रुपमा राखेको, पर्यावरणको संरक्षणलाई विस्तार गरेको, र वातावरणीय प्रदूषणको नियन्त्रण बढाएको बताउनुभयो। साथै लीले आजको भित्री मंगोलियाले पर्यावरणलाई प्राथमिक स्थानमा राख्ने र हरियो विकासलाई कायम राख्ने उच्च गुणस्तरको विकासको नयाँ बाटोतर्फ लम्किरहेको पनि बताउनुभयो। उहाँ भन्नुहुन्छ "अ अर तो स एक मोडेल हो। केही वर्षअघि अ अर तो सको पर्यावरणीय वातावरण निकै कमजोर थियो। औद्योगिकीकरण र शहरीकरणको साथसाथै अ अर तो सका धेरै किसान तथा पशुपालक शहरतर्फ बसाइ सरेका थिए। जमीन र घाँसेमैदान राम्रोसँग संरक्षण गरिएको थियो। अ अर तो सको पर्यावरणीय वातावरणको विकास प्रभावकारी रुपमा संरक्षण गरिएको थियो।"

1  2  3  
जानकारी तथा लेखहरु