फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई टेलिभिजन महोत्सव चीन र विदेशका टेलिभिजन सम्बन्धी सहयोगका लागि आदान-प्रदान चौतारो

(GMT+08:00) 2019-07-29 15:40:55

एशियाली क्षेत्रको सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय टेलिभिजन आदान-प्रदानको चौतारोमध्येको एकको रुपमा ,शाङहाई टेलिभिजन महोत्सवको प्रभाव निरन्तर रुपमा बढ्दै आएको छ। यस पटकको शाङहाई टेलिभिजन महोत्सवको टेलिभिजन बजारले चिनियाँ तथा विदेशका कूल २७६ वटा चलचित्र तथा टेलिभिजन कम्पनीलाई भित्र्याएको थियो। तीमध्ये केही अन्तर्राष्ट्रिय प्रसिद्ध कम्पनीहरु पनि समावेश थिए। क्यान टेलिभिजन पर्वको आयोजक फ्रान्सको रिद मिडिया ग्रुप शाङहाई टेलिभिजन महोत्सवको पूरानो मित्र हो। सो कम्पनीका बजार मेनेजर पाउल बारबारोले सन् २००४ मा शाङहाई टेलिभिजन महोत्सवसँग मैत्रीपूर्ण सम्बन्धको स्थापना गरेदेखि दुवै पक्षले सदिच्छापूर्ण सहयोग गर्दै आएको बताउनुहुन्छ:

वितेका १५ वर्षमा हामीले हातमा हात मिलाएर सदिच्छापूर्ण सहयोग गर्दै आएका छौं। हामीले आपसी प्रदर्शनमा भाग लिन टोली पठाएर आपसी उन्नत्शील अवधारणा तथा दक्षता हासिल गरेका छौं। हामीले चीन तथा विश्वको चलचित्र तथा टेलिभिजन चौतारोबाट अरु पेसागत क्षेत्र तथा विभिन्न क्षेत्रमा प्रभावकारी पुल बन्न अथक प्रयास गरेका छौं।

यस पटकको शाङहाई टेलिभिजन महोत्सवको टेलिभिजन बजारले "बेल्ट एण्ड रोड"लाई मुख्य विषय बनाइएको हल राख्नुका साथै शाङहाई टेलिभिजन महोत्सवको अवधिमा चौध वटा कार्यक्रमको आयोजना गरेका थिए।


1  2  3  
जानकारी तथा लेखहरु