फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# वन अर्थव्यवस्थाबाट तु लुङ च्याङ बस्तीका सर्वसाधारणको गरिबी निवारण 2

(GMT+08:00) 2019-07-30 14:46:04

तु लुङ च्याङ बस्तीमा वनको दर 93प्रतिशत पुगेर वन अर्थव्यवस्थाको विकास गर्न निकै राम्रो छ। सन् 2012देखि त्यहाँ छाउको, छोङलौ, ह्वाङचिङ लगायत जडिबुटीको कृत्रिम रोपणको विकास गरेको छ। बस्तीका प्रमुख खोङ युछाइले यसरी जानकारी दिनुभयो-

"छाउको नामक जडिबुटी वनमुनि रोपेका हुनाले एकातिर पर्यावरणमाथि क्षति नपुर्याउनुका साथै सर्वसाधारणको आम्दानी बढेको छ। पहिला हामीले प्राचीनकालमा जंगल रहेका क्षेत्र फँडानी गरी खेती गरिरहेको जग्गालाई पुनः घाँस र रूख लगाएर वन-जंगलमा परिणत गरेका थियौं। त्यसैले हामीले निरन्तर रूपमा यस्तो मार्ग छान्छौं। हामीले पर्यावरणको संरक्षण गर्नुका साथै सर्वसाधारणको आम्दानी बढाउनुपर्छ। त्यसैले हामीले छाउको नामक जडिबुटी छान्छौं। सरकारले प्रचार प्रसार गरेको प्रारम्भिक अवस्थामा लाभबारे थाहा नभएर धेरै सर्वसाधारणसँग सक्रियता थिएन। हामीले एकातिर निर्देशित गर्नुका साथै अर्कातिर प्रचार प्रसार पनि गर्थ्यौं। त्यसपछि केही सर्वसाधारणले जडिबुटी बिक्रीद्वारा पैसा कमाएर अरू बढी सर्वसाधारणले पनि यस्तो गर्न सिकेका छन्।"

1  2  3  
जानकारी तथा लेखहरु