फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# वन अर्थव्यवस्थाबाट तु लुङ च्याङ बस्तीका सर्वसाधारणको गरिबी निवारण 2

(GMT+08:00) 2019-07-30 14:46:04

सन् 2018सम्म तु लुङ च्याङ बस्तीमा छाउको खेतको क्षेत्रफल 70 हजार मु अर्थात् 4667 हेक्टर पुगेर उत्पादन मात्रा 1 हजार टनभन्दा बढी पुगेको छ। जसबाट प्राप्त आम्दानी 73 लाख 30 हजार चिनियाँ युआन पुगेको छ। छोङ लौनामक जडिबुटीको खेतीयोग्य क्षेत्रफल 1718.6 मु अर्थात् 115 हेक्टर पुग्नुका साथै उत्पादन मात्रा 6 सय 10 किलो पुगेको छ। बस्तीमा किसानको सरदर आम्दानी सन् 2009 मा 9 सयभन्दा कमबाट सन् 2018को 6 हजार 1 सय 22 युआनसम्म बढेको छ। सन् 2018 तु लुङ च्याङ बस्ती पूर्ण रूपमा गरिबी निवारण भएर चीनमा पूरै गरिबीमुक्त भएको पहिलो अल्पसंख्यक जातीय क्षेत्र बनेको छ।

 

हाल त्यहाँ परीक्षणका रूपमा अरू किसिमका नगदे बालीको रोपण गरिँदैछ। बस्ती कृषि सेवा केन्द्रमा कार्यरत छु सोङफङले धेरै गाउँलेहरूले ती फसलको रोपण प्रविधिबारे सोधपुछ गरेको चर्चा गर्नुभयो।

1  2  3  
जानकारी तथा लेखहरु