फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीनको रोजगार बनौटको सुधार सम्पन्न समाजको आधार

(GMT+08:00) 2019-08-02 15:31:29

 

हालैका वर्षहरूयता व्यापक उद्यमशिलता तथा नविनीकरणको विकास भएको छ। विभिन्न नवोदित रोजगार अवसर पनि पाएको छ। तेस्रो व्यवसाय, मझौला तथा स-साना उद्योग-व्यवसाय र निजी उद्योग-व्यवसायहरू रोजगारलाई भित्र्याउने मुख्य माध्यम बनेको छ। चीनको रोजगार अवस्था स्थिरताका साथ राम्रो दिशातर्फ विकास भएको छ। सन् २०१३ देखि सन् २०१८ सम्म चीनको शहर र ग्रामीण क्षेत्रमा वृद्धि भएको रोजगार अवसर लगातार ६ वर्षसम्म हरेक वर्षमा एक करोड तीस लाखभन्दा बढी पुगेको थियो। सन् २०१८ मा डिजिटल अर्थतन्त्र क्षेत्रमा रोजगार अवसर उन्नाईस करोड दश लाख पुगेको थियो र यसले समस्त वर्षमा रोजगार पाएकाहरूको एक चौथाइ भाग ओगटेको थियो। चिनियाँ जन विश्वविद्यालयअन्तर्गत श्रमिक तथा जन मामिला विभागको श्रम सम्बन्ध अध्ययन केन्द्रका प्रमुख छाङ खाई भन्नुहुन्छ "इलेक्ट्रोनिक व्यापारी, इन्टर्नेट व्यापारी, कुरियर द्रुतवाहक पहिला थिएनन् र हालैका वर्षहरूमा आएको नयाँ पेशा हुन्। रोजगार ढाँचाको परिवर्तन आर्थिक तथा प्राविधिक विकास खास गरी इन्टर्नेटको विकाससित सम्बन्धित रहेको छ। रोजगारको नयाँ तरीकाले आर्थिक विकास र रोजगारलाई बढाउनका लागि सकारात्मक भूमिका निर्वाह गरेको छ।"

1  2  3  
जानकारी तथा लेखहरु