फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-बङ्गलादेश"बेल्ट एण्ड रोडका साथीहरुको क्लब"स्थापित

(GMT+08:00) 2019-08-05 15:10:33

चीन- बङ्गलादेश"बेल्ट एण्ड रोडका साथीहरुको क्लब"को उद्देश्य"बेल्ट एण्ड रोड"विषयमा चीन र बङ्गलादेश बीचको सहयोगलाई प्रबर्द्धन गरी चीन र बङ्गलादेश बीचको रणनीतिक,सहयोगात्मक तथा साझेदारी सम्बन्धको स्वस्थ विकासलाई अघि बढाउनु हो। सो संगठनले चीन र बङ्गलादेशका सरकार,संसद,पार्टीहरु,सञ्चार माध्यमहरु,विज्ञहरु, गैर-सरकारी संगठनहरु, युवा समूहहरु, विद्वानहरु र विद्यार्थीहरु लगायत सामाजिक क्षेत्रलाई निम्त्याउनेछ।"बेल्ट एण्ड रोड एउटै परिवार"का अनेकन् कार्यक्रमले मानवीय आदान-प्रदान तथा जीवनयापन सम्बन्धी सहयोग दुई वटा क्षेत्रलाई महत्व दिएर आगामी दुई वर्षमा"बेल्ट एण्ड रोड"वरिपरिका मुलुकहरु बीच ५०० वटा सहयोगात्मक सम्बन्धको स्थापना गर्ने तथा विकासोन्मुख मुलुकहरुमा जीवनयापन सम्बन्धी २०० वटा सहयोगात्मक परियोजनाको पालना गर्नेछ। सो परियोजनालाई"बेल्ट एण्ड रोड"सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलनका उपलब्धिहरुको सूचिमा राखिएको छ। बङ्गलादेशको राष्ट्रिय संसदका उप-सभापति फाजले रबि मियाह उद्घाटन समारोहलाई सम्बोधन गर्दै भन्नुहुन्छ,

"बेल्ट एण्ड रोड"प्रस्तावले विभिन्न क्षेत्रमा हाम्रा दुई मुलुकका लागि संयुक्त हित थप्नुका साथै सो प्रस्ताव हाम्रा दिगो विकास,संयुक्त समृद्धि तथा संयुक्त विकासका लागि हितकर छ। चीन एउटा उत्तरदायित्वयुक्त मुलुक हो। विश्वको आर्थिक विकास तथा अन्तर्राष्ट्रिय मामिलामा चीनले रचनात्मक भूमिका खेल्दै आएको छ। बङ्गलादेशले"बेल्ट एण्ड रोड"को निर्माणलाई निकै महत्व दिएर त्यसमा सक्रियताका साथ भाग लिएको छ।"बेल्ट एण्ड रोड"को प्रारुपमा रहेका आर्थिक तथा सांस्कृतिक आदान-प्रदान लगायत क्षेत्रमा चीनसँग व्यापक सहयोग गर्न बङ्गलादेश इच्छुक छ।

1  2  3  
जानकारी तथा लेखहरु