फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-बङ्गलादेश"बेल्ट एण्ड रोडका साथीहरुको क्लब"स्थापित

(GMT+08:00) 2019-08-05 15:10:33

चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका उपाध्यक्ष एवम चिनियाँ अन्तर्राष्ट्रिय आदान-प्रदान संघका प्रमुख चि पिङ श्वेन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भन्नुहुन्छ,

चीन र बङ्गलादेश परम्परागत मैत्रीपूर्ण असल छिमेकी हुन्। दुई हजार वर्षअघि दुई मुलुकका जनताले सिल्क रोडमा आपसी आर्थिक आवत-जावत तथा मानवीय आदान-प्रदान गरेका थिए। सन् २०१३ मा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले"बेल्ट एण्ड रोड"प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सो प्रस्तावको उद्देश्य व्यावहारिक सहयोगलाई गहन पार्नु,हातमा हात मिलाएर मानव जातिको सामू देखा परेका विभिन्न खतरा तथा चुनौतीको सामना गर्नु,आपसी हित तथा संयुक्त विजय प्राप्त गर्नु हो। बङ्गलादेश"बेल्ट एण्ड रोड"को सक्रिय समर्थक तथा निर्माणकर्ता पनि हो। दुवै पक्षको सँयुक्त प्रयासमा दुई मुलुकले"बेल्ट एण्ड रोड"को प्रारुपमा रहेर निरन्तर रुपमा सहयोग विस्तार गर्दैआएको छ।


1  2  3  
जानकारी तथा लेखहरु