फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# जातीय सँस्कृतिको शिक्षाबाट तु लुङ जातीय सँस्कृतिको संरक्षण 1

(GMT+08:00) 2019-08-06 15:46:01

सँस्कृति जातिको जीवन र निरन्तरताको आत्मा हो। तु लुङ जाति गरिबी निवारणको उपलब्धिलाई सुदृढ पार्न र सम्पन्नताको सपना साकार तुल्याउनका लागि जातीय विशेषतायुक्त साँस्कृतिक शिक्षालाई सबल पार्नुपर्छ र तु लुङ जातिको मूलको संरक्षण गर्नुपर्छ। तु लुङ च्याङ बस्तीमा नौ वर्षे प्रणालीको विद्यलय प्रमुख याङ सयाङले जातीय सँस्कृतिको आत्म-विश्वास बढ्न र विकास गर्न बच्चादेखि र शिक्षाबाटै सुरू गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। सर्वप्रथम तु लुङ भाषाको संरक्षण गर्नुपर्छ। दोभाषे शिक्षाद्वारा जातीय सँस्कृतिको सम्झना, उत्तराधिकार र विकास गर्न सकिन्छ।

"हाम्रो विकास फड्को मार्ने किसिमले भएको हो। एक पाइलाले हजार वर्ष पार गरेको जस्तै छ। हाम्रा बालबालिकाले इतिहास बिर्सने सम्भावना छ। त्यसैले हामीले दोभाषे शिक्षण सुरू गरेर तु लुङ लिपि लेखन र अध्ययन तरीका सिकाएका छौं।"

हरेक साताको एक दिन बिहान चार र पाँच ग्रेडको कक्षाबाट तु लुङ भाषा पढिरहेको आवाज सुन्नसकिन्छ। शिक्षक मा च्यानसिनले सन् 2006देखि विद्यालयमा दोभाषे शिक्षा सुरू गरेका छन्। सुरूमा तु लुङ भाषा मात्र बोल्ने बच्चालाई चिनियाँ भाषा सिकाउने सुविधाका लागि दोभाषे शिक्षा सुरू गरिएको थियो। करीब दश वर्षको अवधिमा हाल दोभाषे शिक्षाको लक्ष्यमा परिवर्तन भएर बालबालिकालाई आफ्नो जातिको भाषा सम्झना गराएको छ। पहिला तु लुङ जातीय भाषा बोलिने मात्रै थियो तर लिपि लेखन थिएन। हाल यो भाषा बाल-बालिकाको मनमा दृढताका साथ बसेको छ।

1  2  3  
जानकारी तथा लेखहरु