फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# जातीय सँस्कृतिको शिक्षाबाट तु लुङ जातीय सँस्कृतिको संरक्षण 1

(GMT+08:00) 2019-08-06 15:46:01

"हाम्रो तु लुङ जातीय भाषा अल्पसंख्यक जातीय भाषा हो। तु लुङ जातीय सँस्कृति, विशेष गरी भाषा सजिलै रूपमा बाह्य सँस्कृतिबाट प्रभावित पारिन्छ। हाम्रा विद्यार्थीहरूले मातृभाषाद्वारा कुराकानी गर्ने अवस्था कम छ। सामान्य रूपमा घरमा मातृभाषाको प्रयोग गर्नुका साथै विद्यालयमा चिनियाँ भाषा बोल्छन्। त्यसैले मेरो विचारमा हाम्रो भाषाको संरक्षण ज्यादै महत्वपूर्ण छ। हाम्रो जातीय भाषा क्रमशः हराउने चिन्ता मलाई लाग्यो। पहिले बालबालिकाहरूले कम्तीमा केही तु लुङ जातीय लोक गीत गाउँथे। तर हाल हामी लगायत अधिकांशलाई गाउँन आउँदैन। किनकि हामीले आफ्नो जातीय सँस्कृति सिक्ने मञ्च छैन।"

भविष्यमा शिक्षक मा च्यानसिनले केही तु लुङ जातीय लोक गीत संकलन गरेर विद्यार्थीलाई सिकाउने योजना बनाएका छन्। जसले प्राचीन तु लुङ जाति जस्तै लोक गीतद्वारा पुस्तौं-पुस्तासम्म जातीय इतिहास तथा कथा फैलाउनेछ।

विद्यालयले हरेक आइतबार दिउँसो रुचि कक्षाको आयोजना गरेर बस्तीमा शिल्पकार बोलाएर परम्परागत जातीय बुनाई सम्बन्धी सीप विद्यार्थीहरूलाई सिक्न लगाएको छ। हरेक मंगलबार, बिहीबार र शनिबारको अन्तर-कक्षा समयमा विद्यार्थीहरूले तु लुङ जातीय नाच नाच्छन्।


1  2  3  
जानकारी तथा लेखहरु