फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२०१९ पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाद्वारा"अफगानिस्तानी राष्ट्रिय दिवस"कार्यक्रम आयोजित

(GMT+08:00) 2019-11-04 10:25:58

सन् २०१९ अफगानिस्तान स्वतन्त्र भएको १०० औं वर्ष हुनुका साथै नयाँ चीन स्थापना भएको ७०‌औं वर्ष पनि हो। वितेका केही वर्षदेखि "बेल्ट एण्ड रोड"प्रस्तावको कार्यान्वयन यस क्षेत्रमा भएको परिप्रेक्षमा चीन र अफगानिस्तान बीचको आर्थिक, व्यापारिक तथा सांस्कृतिक आदान-प्रदान निरन्तर रुपमा गहन हुँदै आएको छ। अफगानिस्तानको तेस्रो व्यापारीक साझेदारी मुलुक चीन बनिसकेको छ। सन् २०१८ मा अफगानिस्तानले चीनलाई निर्यात गरेका मालसामानहरुको कूल मूल्य ३ करोड अमेरिकी डलर पुगेको थियो। जुन सन् २०१७ को तुलनामा करिब तीन गुणाले बढेको थियो। चीनका लागि अफगानिस्तानको राजदूतावासका मिनिस्टर-कन्स्युलर मुसा आरेफि कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो,

आज हामीले प्राचीन सिल्क रोडको सम्पदालाई पुनःप्राप्त गर्ने प्रयास गरिरहेका छौं। चीनका राष्ट्राध्यक्ष सी चिन फिङद्वारा प्रस्तुत "बेल्ट एण्ड रोड"प्रस्तावप्रति हामी कृतज्ञता ज्ञापन गर्छौं। सो प्रस्तावले प्राचीन सिल्क रोडको वैभवशाली विचारको आधारमा आज क्षेत्रीय आवत-जावत तथा क्षेत्रीय विकासलाई अघि बढाएको छ। जसबाट चीन र अफगानिस्तान बीचको सक्रिय सहयोगका लागि ठूलो अवसर प्रदान गरेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु