फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२०१९ पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाद्वारा"अफगानिस्तानी राष्ट्रिय दिवस"कार्यक्रम आयोजित

(GMT+08:00) 2019-11-04 10:25:58

पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेला विभिन्न मुलुकहरुले पर्यावरणीय सभ्यताको उपलब्धिको संयुक्त रुपमा उपभोग गर्ने तथा हरित विकास सम्बन्धी सहयोग गर्ने अन्तर्राष्ट्रिय भव्य समारोह हो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उद्घाटन समारोहलाई सम्बोधन गर्दै विश्वलाई सुन्दर पृथ्वी घरबारको संयुक्त रुपमा निर्माण तथा मानव हितलाई लक्षित समूदायको संयुक्त रुपमा निर्माण भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। जसमा अन्तर्राष्ट्रिय समूदायले सक्रिय प्रतिक्रिया जनाएको छ। यस पटकको अन्तर्राष्ट्रिय बागवानी मेलामा अफगानिस्तानको मण्डपको नारा "राम्रो बालीको आशा गरौं" रहेको छ। मण्डपको मुख्य भवन अफगानिस्तानको पूरानो माजार शारिफ मस्जिद बमोजिम अफगानिस्तानको विशेष नीलो रंग कुँदिएको काठको प्रयोग गरी अफगानिस्तानको इस्लामिक निर्माण शैली देखाइएको छ। अफगानिस्तानको मण्डपले अफगानिस्तानको परम्परागत रीतिरिवाज देखाउनुका साथै पछिल्लो विज्ञान तथा प्रविधिको उपलब्धि पनि हामीलाई महसूस गराएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु