फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रानउ ताल

(GMT+08:00) 2020-01-08 16:21:32

रानउ ताल क्षेत्र वरिपरिको मौसम परिवर्तनशील छ। घाम लाग्दालाग्दै पनि आकस्मिक रुपमा पानी पर्नसक्छ जसले रानउ तालमा अरु रोचकता थपेको छ। बेलुका चिसो लाग्दा ताल किनारमा अवस्थित होटेलमा बालिने स्टोभबाट न्यानो पाउनसकिन्छ।

रानउ तालको उत्तरमा प्रसिद्ध लाइगु हिमनदी पर्छ र हिमनदीले तालको किनारलाई छोएको छ। बरफ पग्लिँदा हिमपात भइ तालमा बग्छ। किनारमा हरियो घाँसे मैदान र खेतीयोग्य जमिन छ भने माथि पहाडमा घनीभूत वनस्पति पाइन्छ। त्यसभन्दा माथि रङ्गीन लालीगुराँस देख्नसकिन्छ। शिखरमा वर्षभरि नपग्लिने हिमबाट ढाकिएको हिमपर्वत देखिन्छ। पहाड तल थुप्रै सल्ला छन्। ती सबैले घेरेको रानउ ताल अझै शान्त र सुन्दर देखिन्छ।


1  2  3  
जानकारी तथा लेखहरु