फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँहरुका जातीय महोत्सव -3

(GMT+08:00) 2020-02-18 09:14:36

तिब्बती पात्रो अनुसार, नव वर्ष तिब्बती जातिको सबैभन्दा भव्य र रमणीय जातीय महोत्सव हो। तिब्बती पात्रोको पहिलो महिनाको पहिलो दिनदेखि पन्ध्र दिनसम्म तिब्बती जातिको नव वर्षको अवधि हो। नव वर्षको पहिलो दिनको बिहान सबेरै नयाँ र राम्रा लुगाफाटा लगाएका तिब्बती जवानहरु आपसमा नव वर्षको शुभ कामना आदान-प्रदान गर्छन्।

तर तिब्बती जातिको नव वर्षको ठोस मिति कहिले छ? तिब्बत स्वायत प्रदेशीय तिब्बती अस्पतालअन्तर्गत खगोलीय क्यालेन्डर संस्थानबाट प्राप्त जानकारी अनुसार, सन् २०२० तिब्बती जातिको नव वर्ष फेब्रुअरी २४तारिखदेखि सुरू हुनेछ। तिब्बतमा हरेक तिब्बती परिवारसँग《तिब्बत खगोल विज्ञान र मौसम पञ्चांग》छ। यिनीहरूले उक्त पञ्चांग बमोजिम कृषि गर्ने, महोत्सव मनाउने र विवाह तथा अन्त्येष्टीको तयारी गर्ने गर्दछन्। तिब्बती खगोलीय क्यालेन्डर अनुसन्धान व्यूरोका विशेषज्ञका अनुसार, तिब्बत जातिको नव वर्ष चिनियाँ पात्रोअनुसार नव वर्ष अर्थात् वसन्त चाडबीचको समय भिन्नतामा तीन प्रकार छन्- एकै दिन, एक दिनको भिन्नता वा एक महिनाको भिन्नता। सन् २०२० तिब्बत जातिको नव वर्ष र वसन्त चाड बीचको समय भिन्नता ठीक एक महिना हो। तर सन् २०१८ र २०१९ तिब्बत जातिको नव वर्ष वसन्त चाडमा एउटै दिन थियो। यस्तो अवस्था धेरै वर्षमा उत्पन्न भएको विशेषज्ञले जानकारी दिएका छन्। तिब्बती जातिको नव वर्ष कसरी गणना गरिन्छ त? यो ज्यादै जटिल क्रम हो।

1  2  3  
जानकारी तथा लेखहरु