फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न क्षेत्रमा उत्पादन तथा काम पुनः शुरू

(GMT+08:00) 2020-03-12 10:14:11

वार्षिक आर्थिक तथा सामाजिक विकास लक्ष्यको कार्यान्वयनमा प्रत्याभूति दिनका लागि क्वाङ तुङ प्रान्तीय सदरमुकाम क्वाङचौमा गाडी, उत्पादन प्रबन्धको निर्माण, डिजिटल अर्थतन्त्र लगायतका क्षेत्रमा ४८ वटा कदमहरू चालिरहेका छन्। जसबाट ती व्यवसायहरूका लागि ८३ अरब युआन बराबरको कर घट्ने छ। साथै आपत्तकालीन ऋण लिने प्रणाली तथा ऋण लिन जोखिम कम पार्ने आर्थिक सहायता अवस्था पनि स्थापना गरिएको छ। हालसम्म क्वाङ तुङ प्रान्तीय क्वाङचौ शहरमा वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका उत्पादित व्यवसायहरू पुनः शुरू भएको दर ९९.५ प्रतिशत पुगिसकेको छ।

यसै गरी चीलिन प्रान्तमा पनि औद्योगिक व्यवसायको पुनः सञ्चालनका लागि ८ वटा समर्थनयुक्त मञ्च स्थापना गरी औद्योगिक उत्पादन तथा परियोजनाको निर्माण क्रममा देखा परेका अप्ठ्यारालाई हटाइएका छन्। हालसम्म चीलिन प्रान्तभरि वार्षिक आम्दानी २ करोड भन्दा बढी भएका उत्पादित व्यवसायहरू पुनः शुरू भएको दर ९६.७ प्रतिशत पुगेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु