फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न क्षेत्रमा उत्पादन तथा काम पुनः शुरू

(GMT+08:00) 2020-03-12 10:14:11

चीन राष्ट्रिय विकास तथा सुधार समितिले मार्च ८ तारिख जनाए अनुसार, चीन-यूरोप रेलवे रूटमा पुनः संचालनमा आएका रेलहरूको संख्या कूल संख्याको ९० प्रतिशतभन्दा बढी पुगेको छ। चीन-यूरोप रेलवे सुरक्षित, नियमित तथा उच्च कार्यकुशलगत रूपमा सञ्चालनका लागि चीन सरकारले थप समर्थन नीति लागू गर्ने छ।

केही समययता चीनका विभिन्न ठाउँमा कोभिड-१९को प्रतिरोध गर्नुका साथै सुव्यवस्थित रुपमा वसन्त ऋतुको विभिन्न कृषि उत्पादनलाई पनि अघि बढाइएको छ।

कृषिको यो व्यस्त समयमा चीनको दक्षिणदेखि उत्तरसम्मका खेत जमिनमा कृषकहरू काम गरिरहेको दृश्य देखिन्छ। हाईनान प्रान्तमा धान रोपाइँको क्षेत्रफल लगभग छयसट्ठी हजार हेक्टर छ। साथै च्याङ सु प्रान्तमा ४९५ वटा उच्च मापदण्डका जमिन निर्माण परियोजनाहरू चल्दैआएका छन्। यसै च्याङ सुको यीसिङ सहरमा लगभग चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको चिया बगानमा वसन्ते चिया टिप्ने समय पनि भएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु