
चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको नियमित कार्यक्रम अर्थ जगतबाट म सञ्चालिका मुनाको नमस्कार। विश्वव्यापी प्रसिद्ध कफी व्यवसाय स्टारबक्सले यही मार्च १३ तारिख चीनको च्याङ्ग सु प्रान्तको खुन शानमा कफी नविनता उद्योगिक चौतारो निर्माण गर्ने बारेमा सम्बोधन गरेको छ। यस परियोजनाको पहिलो चरणको लगानी १३ करोड अमेरिकी डलर रहेको छ। यो स्टारबक्सले अमेरिका बाहिर लगानी गरेको सबैभन्दा ठूलो उत्पादन रणनीतिक लगानी हो। जसबाट स्पष्ट रुपमा स्टारबक्सले चीनमा लागनी गर्ने विश्वास र चीनमै दीर्घकालीन रुपमा विकास गर्ने अठोट प्रतिबिम्बित भएको छ।
खुन शानको आर्थिक तथा प्राविधिक विकास क्षेत्रमा निर्माण गरिने यस कफी नविनता औद्योगिक चौतारोले कफीको प्रशोधन र स्मार्ट गोदाम रसद क्षमता मिलाउने छ। पहिलो चरणको १३ करोड अमेरिकी डलर रकमको लगानीमा यस चौतारोको केन्द्रीय विभाग कफी प्रशोधन कारखाना निर्माण हुनेछ। स्टारबक्सका ग्लोबल कार्यकारी उपाध्यक्ष एवं स्टारबक्स चीन क्षेत्र अध्यक्ष तथा प्रथम कार्यकारी अधिकारी वाङ चिङ यिङले जानकारी दिनुभएअनुसार यो स्टारबक्सले अमेरिका बाहिर लगाउने सबैभन्दा ठूलो उत्पादन रणनीतिक लगानी मात्र नभइ एशिया प्रशान्त बजारको पहिलो उत्पादन रणनीतिक लगानी पनि हो। स्टारबक्सका लागि चीन सधैं नै एकत्मै महत्वपूर्ण रणनीतिक बजार हो। वर्तमान महामारी अवस्था होस वा भविष्यमा स्टारबक्सले चीनमा दीर्घकालीन विकास गर्ने अठोट पहिलेकोभन्दा द्दढ देखिन्छ।
<< 1 2 3 >>