
यस वर्षको उत्तरार्द्धमा निर्माण शुरु हुने भने र सन्२०२२ सम्ममा निर्माण सम्पन्न हुने अनुमान छ। सञ्चालनमा आउने यस कफी प्रशोधन कारखानाको प्रतिवर्षको साठी हजार टनको उत्पादन क्षमता हुने छ। यो कारखाना अमेरिकाबाहेक सबैभन्दा ठूलो उत्पादन क्षमता बोकेको कारखाना बन्नेछ। साथै चीनबाट उत्पादित कफीका दाना मात्र नभइ विश्वका विभिन्न श्रेष्ठ कफी उत्पादन क्षेत्रबाट आएका कफीका दाना पनि यस कारखानामा प्रशोधन गरिने छ।
प्रशोधन गरिएको कफीका दानालाई ठिक समयमै चीनका विभिन्न खुद्रा स्टोरमा पठाउनका लागि स्टारबक्सले यस चौतारोमा कफी दाना भण्डारण गोदाम र रसद केन्द्रको निर्माण गर्ने छ। स्वचालित तथा बौद्धिक प्रविधिले आधुनिक आपूर्ति शृङ्खला सिर्जना गर्ने छ।
आकस्मिक रुपमा फैलिएको नयाँ कोरोना भाइरस संक्रमित निमोनिया अवस्थामा खुन शान शहरले व्यवसायका लागि सुव्यवस्थित सेवाको प्रदान,विदेशी लगानी भित्र्याउने,नविनता प्रवर्द्धन शक्तिको प्रवर्द्धन आदि माध्यमले चालू वर्षको विदेशी लगानी भित्र्याउने गतिलाई कायम राखेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको खुन शान शहर समितिका सचिव उ सिन मिङका अनुसार खुन शान शहरी सरकार र व्यवसायको संयुक्त प्रयासमा महामारी अवस्थाबाट हराएको घाटालाई फर्काउने विश्वास छ।
1 2 3