फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा कुकुरका 15 कुरा

(GMT+08:00) 2014-12-19 16:12:25

          सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनबारे चर्चा गर्न योग्य विषय धेरै छन्। अचम्म यो छ कि कुकुर पनि तीमध्ये एक हो।

1. चीनमा सन् 1960 को दशकमा सांस्कृतिक क्रान्ति चलेका बेला कुकुर पाल्नेलाई सामन्ती र उच्च घरानियाँ ठानिन्थ्यो। कुकुर पालेकैमा उनीहरूमाथि कानुनी र सामाजिक कारबाही हुन्थ्यो।

2. सन् 1983 मा पैचिङ नगरपालिकाले कानुन नै बनाएर कुकुर, बिराला, हाँस र सुँगुरलगायतका सातवटा जनावर पाल्न प्रतिबन्ध लगायो। यो प्रतिबन्ध दस वर्ष कायम रहेर 1993 मा हट्यो।

3. 'वान चाइल्ड पोलिसी' अर्थात् एक सन्तान नीति अवलम्बन गरेको देशको राजधानीमा 'वान डग पोलेसी' अर्थात् एउटा मात्र कुकुर पाल्न पाउने नियम छ। सन् 2006 मा कुकुरको संख्या र रेबिजको संक्रमण बढेकाले पैचिङ नगरपालिकाले एक परिवार एक कुकुरको नीति बनाएको हो।

4. अहिले पैचिङमा मात्र बीस लाख कुकुर छन्। दस लाख त दर्ता नै गरिएका छन्। दर्ता नगरिएका पनि छाडा र भुसिया हैनन्।

5. एउटाभन्दा बढी कुकुर पाल्नेहरूले चाहिँ कुकुर नपालेको परिवार खोजेर उसको नाममा दर्ता गराउने गर्छन्। यो बठ्याइँ प्रयोग गरेर एउटै परिवारले दुई अथवा त्योभन्दा बढी कुकुर पाल्ने पनि गरेका छन्।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ