फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा कुकुरका 15 कुरा

(GMT+08:00) 2014-12-19 16:12:25

6. सन् 2003 मा पैचिङ नगरपालिकाले बनाएको कानुनअनुसार पाँचौँ चक्रपथभित्र पर्ने आठवटा जिल्लामा 35 सेन्टिमिटरभन्दा बढी उचाइको कुकुर पाल्न पाइन्न। अगाडिको खुट्टादेखि काँधसम्मको उचाइ बढीमा 35 सेन्टिमिटर भएको कुकुर मात्र पाल्न पाइन्छ। पैचिङमा 6 वटा चक्रपथ छन्।

7. पाँचौँ चक्रपथबाहिरका बासिन्दाले भने 35 सेन्टिमिटरभन्दा अग्ला कुकुर पाल्न पाउँछन्। तर चक्रपथभन्दा बाहिर दर्ता गरेर सहरका भित्री भागमा पनि 35 सेन्टिमिटरभन्दा अग्ला अग्ला कुकुर पनि पालिएका छन्।

8. हरेक वर्ष मे महिनाबाट कुकुरको दर्ता प्रक्रिया सुरु हुन्छ। वर्षैपिच्छे नवीकरण गर्नुपर्छ। सुरुमा एउटा कुकुर दर्ता गरेको एक हजार युयान (16 हजार रुपैयाँ) लाग्छ। नवीकरण गर्न हरेक वर्ष पाँच सय युआन लाग्छ।

9. यदि कुकुरलाई बन्ध्याकरण गरिएको छ भने दर्ता शुल्क र नवीकरण शुल्कमा पचास प्रतिशत छुट हुन्छ।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ